घोराही । रोल्पाको होलेरीमा अहिलेसम्मकै ठूलो राशीको खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको भएको छ । होलेरी बजार व्यवस्थापन समितिको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।
`स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद´ भन्ने मूल नारासहित यही बैशाख १२ गतेदेखि खुला पुरुष भलिबल प्रतियोगिता सुरुहुने होलेरी बजार व्यवस्थापन समितिका अध्यक्ष होम यरीले जानकारी दिनुभयो । गत चैत १६ गते बसेको समितिको बैठकले गरेको निर्णय अनुसार होलेरी बजारमा अहिलेसम्मकै ठूलो राशीको प्रतियोगिता हुन लागेको उहाँले बताउनुभयो ।
रुन्टीगढीमा हालसम्म ठूला खेलहरु नभएको हुँदा खेल क्षेत्रलाई थप प्रबर्द्धन र स्थानीयस्तरका खेलाडीहरुलाई प्रेरित र हौसला प्रदान गर्ने उद्देश्यका साथ खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको उहाँको भनाइ छ ।
बैशाख १२ गतेदेखि १६ गतेसम्म हुने खेलमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमलाई क्रमशः एक लाख, ५० हजार, ३५ हजार र २५ हजार नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने समितिका अध्यक्ष यरीले बताउनुभयो ।
खेलमा सहभागी हुनका लागि खेलाडीले बैशाख ११ गतेभित्र टिम दर्ता गरिसक्नु पर्ने, खेलाडी संख्या ९ जना हनुपर्ने, १ जना टिम काेच र १ जना टिम व्यवस्थापक रहन पाइने आयोजकले जनाएको छ ।
त्यस्तै खेलमा कुनैपनि विवाद आएमा अफिसियल र आयाेजक कमिटीकाे निर्णय नै अन्तिम निर्णय हुने र खेल नेपाल भलिबल एफआइभिबिसँग सम्बन्धित नियमा खेलाइने आयोजकले जनाएको हो । प्रतियोगितालाई सव्य, भब्य र व्यवस्थित बनाउनका लागि कार्यक्रमको तयारीलाई तीब्र बनाइएको आयोजक कमिटीले बताएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।