• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानमा बिरामीको कलजोमा जम्मा भएको पिप सफल शल्यक्रिया गरेर निकालियो




दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा जमेको पिप निकालेर सफल शल्यकृया गरीएको छ । गढवा गाँउपालिका वडा नम्वर- ४ गोवरडिहा निवासी ४८ वर्षीय एक जना पुरुषको कलेजोमा जमेको पिप निकालेर सफल शल्यक्रिया गरिएको हो ।

प्रतिष्ठानका रेडियोलाेजिष्ट डा. वम विसी, अर्का रेडियोलोजिष्ट डा. विपिन खनाल, सर्जन डा. आत्मानन्द वर्मा, डा. उत्सवसहीतको चिकिसत्सक, नर्स र स्वास्थ्यकर्मिको टोलीले नचिरेर उच्च नयाँ प्रविधि प्रयोग गरी कलेजोमा जम्मा भएको पिप निकालेर सफल शल्यकृया गरीएको प्रतिष्ठानका कामु अस्पताल निर्देशक डा. रमेश कडेलले जानकारी दिनुभयो ।शल्यक्रियामा संलग्न चिकित्सक रेडियोलोजिष्ट डा.वमले यसअघि चिरेर मात्रै यस्ता खाले शल्यकृया हुने गरेकोमा हाल रेडियोलोजि अन्तरगत इन्टर भेन्सनल रेडियोलोजि विधिबाट नचिरेर उपचारात्मक सेवा दिन सफल भएको बताउनुभयो । विरामी पेट दुखेपछि प्रतिष्ठान उपचारकोक्रममा भर्ना भएका थिए । अर्का रेडियोलोजिष्ट डा. विपिनले भिडियो एक्सरेको सहायतामा विरामीको कलेजोमा पिप जमेको फेला परेपछि प्रतिष्ठानका दुवै जना रेडियोलोजिष्ट, सर्जनसहीतको स्वास्थ्यकर्मी र नर्शको टोलीले नचिरेर सफल शल्यकृया गरेको जानकारी दिनुभयो ।

‘पहिले–पहिले कलेजो, किड्निमा जमेको पिप निकाल्न चिरेर नै शल्यकृया गरीन्थ्यो,त्यो अत्यन्तै जटिल पनि मानिन्थ्यो–डा. वमल भन्नुभयो–‘ कलेजोको पिप निकाल्न पनि विगतमा पेट चिरेर अप्रेसन गरेर निकालिन्थ्यो, अहिले पनि नयाँ उच्च प्रविधि प्रयोग गर्दै अहिले रेडियोलोजि अन्तरगत इन्टर भेन्सनल रेडियोलोजि विधीवाट उपचारात्मक सेवा दिन सफल भयौ, चिर्नु पनि परेन, घाउ पाक्ला भन्ने विरामीलाई समस्या पनि भएन्, यो विधि धेरै राम्रो मानिएको छ ।’

यो सजिलो विधिवाट अप्रेसन गर्दा विरामीलाई वेहोस पार्न नपर्ने, सामान्य छाला लठ्याएर उपचार गर्न सकीने, छिटोछरीतो उपचार हुने, अस्पताल बस्नु नपर्ने र घाउ पाक्ने समस्या पनि नरहने कामु निर्देशक डा. कडेलले बताउनुभयो । विरामीको अवस्था सामान्य रहेको र प्रतिष्ठानमा अहिले सामान्यदेखी जटिल खालका साना तथा ठुलो अप्रेसन भइरहेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताउनुभयो । सूचना अधिकारी भट्टराइले कलेजो, किड्निमा पिप जम्नुका साथै सुन्निएका गरेर हालसम्म ६ वटा सफल शल्यक्रिया यही विधिवाट गरीएको जानकारी दिनुभयो ।

Facebook Comments