• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
टरिगाउँ एअरपोर्ट स्तरोन्नति लागि दाङ उवासंघ सक्रिय




दाङ। दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष  वसन्त जोशी र दाङ जिल्ला उद्योग बाणिज्य संघका सदस्य युवराज पोख्रेल तुलसीपुर उपमहानगरपालिकाको उप प्रमुख स्यानी चौधरी लगायत  यतिबेला सिंहदरवारका मन्त्रालयका मन्त्रीहरु लगायत सचिव, सह-सचिवसँग टरिगाउँ एअरपोर्ट स्तर उन्नतिको लागि  छलफलमा व्यस्त रहनुभएको छ ।

संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय, सूचना तथा संचार मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा टरिगाउँ एअरपोर्टको स्तरउन्नति, धावनमार्ग बिस्तारको लागि  बृहत् छलफल गरेका छन् ।

उक्त छ्लफमा एअरपोर्टको स्तरउन्नति गर्न आश्वासन दिँदै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयलाई आव २०८०/८१ को नीति तथा कार्यक्रममा समाबेश गरी बजेट विनियोजन गर्ने पत्राचार गरेको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष वसन्त जोशीले जानकारी दिनुभयो ।

Facebook Comments