दाङ। दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष वसन्त जोशी र दाङ जिल्ला उद्योग बाणिज्य संघका सदस्य युवराज पोख्रेल तुलसीपुर उपमहानगरपालिकाको उप प्रमुख स्यानी चौधरी लगायत यतिबेला सिंहदरवारका मन्त्रालयका मन्त्रीहरु लगायत सचिव, सह-सचिवसँग टरिगाउँ एअरपोर्ट स्तर उन्नतिको लागि छलफलमा व्यस्त रहनुभएको छ ।
संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय, सूचना तथा संचार मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा टरिगाउँ एअरपोर्टको स्तरउन्नति, धावनमार्ग बिस्तारको लागि बृहत् छलफल गरेका छन् ।
उक्त छ्लफमा एअरपोर्टको स्तरउन्नति गर्न आश्वासन दिँदै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयलाई आव २०८०/८१ को नीति तथा कार्यक्रममा समाबेश गरी बजेट विनियोजन गर्ने पत्राचार गरेको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष वसन्त जोशीले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।