• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते




दाङ । सल्यानमा यात्रुबाहक बस दुर्घटना भएको छ । दाङबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ सिङबाङस्थित पुलमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।

बुधबार बिहान पौने ११ बजेतिर जिल्लाको बागचौर नगरपालिका वडा नम्बर २ सिङबाङस्थित पुलबाट बस खस्दा १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

दुर्घटनामा घाइतेहरु मध्ये ४ जनाको अवस्था गम्भीर छ भने १० जनाको अबस्था सामान्य रहेको प्रहरीले जनाएको हो ।

बस अनियन्त्रित भएर पुलबाट खसेको प्रहरीले बताएको छ । घाइतेहरुको विवरण आउन बाँकी छ ।

 

Facebook Comments