• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जेसीज सप्ताह: मैत्रीपूर्ण फुटसल प्रतियोगितामा पत्रकार बिजयी




दाङ । त्रिभुवननगर जेसीजको जेसीज सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बुधवार घोराहीमा मैत्रीपूर्ण फुटसल खेल भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ पनौरास्थीत स्पोर्टस एरिना फुटसल ग्राउण्डमा भएको त्रिभुवननगर जेसीज र पत्रकारविच भएको मैत्रीपूर्ण खेलमा ११ ८ गोल अन्तरले पत्रकारको टिम बिजयी भएको हो ।

त्रिभुवन नगर जेसीजका अध्यक्ष रविकिरण केसीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रमेश पाण्डे, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संहयोग मिनेश श्रेष्ठको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण महासचिव रमेश घिमिरेले गरेका थिए ।

त्रिभुवननगर जेसीजले बैशाखको १ गतेदेखि बैशाखको ७ गतेसम्म विभिन्न कार्यक्रमहरु गरेर जेसीज सप्ताह मनाउने कार्यक्रम रहेको सप्ताह व्यापी कार्यक्रमका मुल संयोजक रोशन दाहालले जानकारी दिएका छन् ।

Facebook Comments