• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमेमा युवा स्वयंसेवक विकास र दुईदिने परिचालन कार्यक्रम सम्मन्न




रुकुमपूर्व । जिल्ला भूमे गाउँपालिकामा युवा स्वयंसेवक विकास र २ दिने परिचालन कार्यक्रम सम्मन्न भएको छ।भूमे गाउँपालिकाको आयोजनामा स्वयंसेवक विकास कार्यक्रम गरिएको हो ।युवा स्वयंसेवक विकास कार्यक्रमले स्थानीय युवाहरूलाई आफ्नो गाउँ घरमा भएका समस्या चुनौती विद्यमान समस्यालाई सहज बनाउन र जस्तो सुकै परिस्थीतीमा युवालाई खटाउन उक्त कार्यक्रम गरिएको हो।

भूमे गाउँपालिका अध्क्षय होम प्रकाश श्रेष्ठले कार्यक्रममा बोल्दै अहिलेको युवा भनेको विहानको उडाउदो सुर्यको किरण हुन समाज परिवर्तनका सम्वाहक, समाजको समृद्धिको मेरुदण्ड भनेको हुन युवा उमेर मात्र होइन, युवा प्रवृत्ति हो, दृष्टिकोण, जोश, जाँगर र हिम्मत युवामा रहेको हुन्छ ।युवा वर्गले नयाँ सोच र प्रविधिको खोज अनुसन्धान गरेर अगाडी बढ्नु प्रर्दछ। अव सिगों देश नै युवाको काँधमा जिम्मेवारी आउदैँछ र युवा बहन गर्नु प्रर्दछ।समयसँगै युवा पनि बदलिनुपर्छ र आफूसँगै देशलाई पनि बदल्नलाई यकजुत भएर लागेमा हाम्रो समाजमा परिवर्तनबतनउनु भएको । साथै युवाहरुलाई सफ्ल्ताको शुभकामना दिनु भएको छ।

विशेषगरी गाउँमा अचानक बिरामी हुँदा आग्लागी लगायत विभिन्न समस्या परेको अवस्थामा स्वयंसेवक युवाहरूले हल गर्नको लागि र भौगोलिक दृष्टिले दुर्गम पहाडी भेग र पिछडिएका समुदायमा युवा पुगेर टेवा पु¥याउन यस कार्यक्रम गरिएको र युवा भनेको के हो ? युवाले के काम गर्ने ? विपत ब्यस्थापनमा कसरी खतिन्ने स्वंयस्वको भूमिका कसरी निर्वाह गर्ने भन्ने विषयमा एक दिन तालिम दिएर र एक दिन गाउँपालिकाको वडा नम्बर २ खाबाङ बगरमा रहेको फोहोरहलाई युवा एक जुत भएर ब्यस्थापन गरिएको राष्ट्रिय युवा परिषद्को केन्द्रीय प्रशिक्षक रवेन्द्र विक्रम शाहाले बताउनु भएको छ।बेरोजगार युवालाई सामाजिक कार्यतर्फ आकर्षण गर्ने पनि कार्यक्रमको उद्देश्य रहेको शाहाको भनाइ छ । यसरी युवा परिचालन गर्दा उनीहरूमा दक्षता बढ्ने छ ।

विकास निर्माणको कामलाई चुस्त बनाउन सुधार गर्न राष्ट्रिय युवा परिषद्ले यस कार्यक्रमको लागि यस बर्यष भूमे गाउँपालिकामा गरिएको भूमे गाउँपालिका शिक्षा शाखा प्रमुख कौसल तिवारीले जान्कारी दिनु भएको छ। संघिय शसत्र अनुदान तर्फ राष्ट्रिय युवा परिसद द्रारा हस्तातरण बजेत देखि उक्त कार्यक्रम गरिएको र युवा स्वयंसेवक विकास र २ दिने परिचालन कार्यक्रम गर्नको लागि तिन लाख बजेत रहेको तिवारीले बताउनु भएको छ। गाउँपालिका भित्र रहेका ९ वटै वडाका युवा क्लवका ५ \५ जना युवाहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

उक्त दुई दिने कार्यक्रममा भूमे गाउँपालिका अध्यक्ष  होम प्रकाश श्रेष्ठको प्रमुख अतिथियता रहेको थियो।भने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत देविलाल बिक गाउँपालिका शिक्षा शाखा प्रमुख कौसल तिवारी लगायत प्रशिक्षक र ९ वटै वडा ४५ जना युवाहरुको उपस्थिती रहेको थियो।

Facebook Comments