• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माटोको ढिस्काेले पुरिदा २ बालककाे मृत्यु




बैशाख ।दाङमा माटोको ढिस्कोले पुरिएर २ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ९ आन्द्राभरैयाका १२ बर्षिया आषिश चौधरी र १२ वर्षकै माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराही ९ आन्द्राभरैयाका ३/४ जना बालकहरु घरदेखि करिब ५ सय मिटर टाढा कर्मटे भन्ने स्थानमा बबई नदीको किनारमा खेल्न गएको क्रममा उनीहरु माटोको ढिस्कोमा पुरिएको प्रहरीको भनाई छ ।

आज दिउँसो खेल्ने क्रममा माटोको ढिस्काेले पुरिएका बालकको ढिलो गरि उद्दार गरि अस्पताल पुराए लगत्तै चिकित्सकले मृत घाेषाणा गरेको दाङका एसपी राम बहादुर केसीले जानकारीले दिए । उनीहरुको शव अहिले पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।

घर लिपपोत गर्नका लाग माटो निकाल्न खनिएको खाल्टोमा खेल्ने क्रममा घटना भएको प्रहरीले जनाएको छ ।

Facebook Comments