• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
इपिएसको नतिजा सार्वजनिक : ६ हजार ३२१ परीक्षार्थी उत्तीर्ण




काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षामा छ हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।

सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि पहिलो चरणमा परीक्षामा सहभागी ४० हजार ५८० जना सहभागी भएकामा छ हजार ३२१ जना उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले जानकारी गराएको हो । यो सङ्ख्या तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार चार सयमध्येको हो । बाँकी १० हजार ७९ जना छनोटका लागि भाषा परीक्षा सञ्चालन हुन बाँकी रहेको छ ।

सो शाखाका अनुसार गएको फागुन पहिलो सातादेखि चैत २४ सम्म ४७ हजार ५१५ जनाका लागि लिइएको पहिलो चरणको भाषा परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए । पहिलो चरणको भाषा परीक्षामा सहभागी परीक्षार्थीको नतिजा दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले मङ्गलबार राति गरेको जनाइएको छ । एचआरडी कोरियाले कोरिया जान रोस्टरमा रहेका युवाको सङ्ख्या कम हुन थालेपछि परीक्षा सकिएलगत्तै नतिजा सार्वजनिक गरेको इपिएस शाखाले जनाएको छ ।

पहिलो चरणमा भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीको दोस्रो चरणको सिप परीक्षण भने आउँदो वैशाख ९ देखि १५ सम्म सञ्चालन गरिने छ ।

Facebook Comments