• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुक्त कम्लहरीहरुको सशक्तीकरणका लागि प्रशिक्षण




घोराही । सामाजिक विकास कार्यालय तुलसीपुरको आयोजना तथा मुक्त कम्लहरी विकास मञ्चको संयोजनामा मुक्त कम्लहरी तथा मुक्त कमैयाहरुका लागि सशक्तिकरण र नेतृत्व विकास तालिम बुधबार घोराहीमा सुरु भयो ।
सामाजिक विकास कार्यालयका प्रमुख गिरिराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले गर्नुभएको थियो ।

कार्यक्रम उद्घाटन गर्दै शर्माले मानव संशाधनको विकास गरेर मात्रै सवैक्षेत्रका विकास हुने बताउनुभयो । उहाँले राज्य कुनै पनि हिसावमा दायित्वबाट पन्छन नमिल्ने भन्दै मुक्त कम्लहरी र मुक्त कमैयालाई अधिकार प्राप्तीका लागि चेतना प्रदान गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले अधिकारका विषयहरु कहाँ छन भन्ने बारेमा जानकारी पाउनका लागि तालिमहरु प्रभावकारी हुने धारणा राख्नुभयो । मुलुकमा तीन तहका सरकार रहेकाले आफूलाई जहाँ पायक पर्दछ त्यहाँ पुगेर अधिकारका लागि वकालत गर्नुपर्ने सुझाव उहाँको थियो । उहाँले कसैले अन्याय गर्दछ भने चुप लागेर बस्न नहुने भन्दै अधिकारका लागि आवाज उठाउनै पर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै मुक्त कम्लहरी विकास मञ्चकी केन्द्रिय अध्यक्ष हिरा चौधरीले कमैया र कम्लहरी फरक विषय भएकाले राज्यलाई नै यो विषयमा कुरा बुझाउन आवश्यक रहेको बताउनुभयो । उहाँले कमैयाको पुनःस्थापनापछि मुक्त कम्लहरीहरुको पुनःस्थापना स्वतः हुन्छ भन्ने बुझाइ रहेको भन्दै यस्तो बुझाई गलत रहेको बताउनुभयो । उहाँले मुक्त कम्लहरीलाई के कुराको आवश्यकता छ भन्ने बारेमा थाहा नपाएर बजेट विनियोजन गर्ने गरिएको गुनासो गर्नुभयो ।

कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख पाण्डेले अधिकार प्राप्तीका लागि अरुले गरिदिएर नहुने बताउनुभयो । आफ्नो भविश्य कस्तो बनाउने भन्ने बारेमा आफैले सोच्नुपर्ने भन्दै मुक्त कम्लहरीलाई नेतृत्व गर्नसक्ने बनाउनका लागि तालिम आयोजना गरिएको बताउनुभयो ।

कार्यालयका लेखा अधिकृत सुरत बहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन पोखर केसीले गर्नुभएको थियो । तीन दिन सम्म चल्ने शसक्तिकरण कार्यक्रमका प्रशिक्षकहरुमा प्रेस काउन्सिलका सदस्य शरद अधिकारी र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी हुनुहुन्छ ।

Facebook Comments