• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रिन्दहमा तिर्थस्मृति पार्क तथा प्रतिक्षालय निर्माण हुँदै




बिरस थापा क्षेत्री

रुकुमपश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. ७ र ८ को संगम स्थल रिन्दहमा तिर्थ स्मृति पार्क तथा प्रतिक्षालय निर्माण हुने भएको छ । स्व. तिर्थ बहादुर पुनको परिवार र सहयोगीदाताहरुको आर्थिक तथा भौतिक सहयोगमा मुसिकोट नगरपालिका वडा नं. ७, खाल्बोटमा रहेको श्री चँयरी सामुदायिक वन उपभोक्ता समुह मार्फत उक्त पार्क निर्माण हुन लागेको हो ।

मुसिकोट नगरपालिका वडा नं. ७, साँख, खाल्बोट रुकुम पश्चिम निवासी स्व. पुन २०७३ श्रावण २१ गते जिल्ला सदरमुकाम खलंगाबाट घर फर्कदैँ गर्दा मुसिकोट न.पा. ६, कानेवाङ्गमा भएको जिप दुर्घटनामा परि गम्भिर घाईते हुनु भएको थियो ।

राजनीतिक यात्रासँगै समाज सेवामा सक्रिय भएर लाग्नु भएका पुनलाई थप उपचारका लागि नेपालगन्ज लैजादैँ गर्दा श्रावण २२ गते निधन भएको थियो । सामाजिक, राजनीतिक र भौतिक क्षेत्रमा पुनले पुर्‍याएको योगदानलाई स्मरण गर्दै उहाँको सम्मान र सम्झनाको लागि मुसिकोट नगरपालिका वडा नं. ७ र ८ को सिमानामा पर्ने रिन्दहमा तिर्थ स्मृति पार्क तथा प्रतिक्षालय निर्माण गर्न लागिएको स्वर्गीय तिर्थ बहादुर पुनको छोरा लोकेन्द्र पुनले जानकारी दिनु भयो । साथै उक्त पार्क निर्माणका लागि सामाजिक सेवा र गभाव सहित सबैमा सहयोगको अपिल समेत गरिएको छ ।

२०८१ बैशाख मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने गरि काम अगाडी बढाईएको छ । पार्क निर्माण कार्य ७० प्रतिशत सम्म सम्पन्न भैसक्दा १२ लाख खर्च भै सकेको र निर्माण कार्य सम्पन्न हुँदा सम्म करिव १६ लाख बजेट खर्च हुने अनुमान गरिएको छोरा लोकेन्द्र पुनले जानकारी दिनुभयो । पुनका अनुसार मध्यपहाडी लोकमार्ग संगै जोडिएको ठाउँमा पार्क तथा प्रतिक्षालय निर्माण हुने भएकोले यस क्षेत्र अन्र्तगत नजिक रहेका सिद्धपुज्ने र बराहपुज्ने धार्मिक स्थलहरु साथै नौधारी डाँडा, गर्पा धुरी, तीनबहिनी लेक लगायतका स्थानहरु पर्यटकिय हिसावले महत्वपुर्ण रहेकाले आन्तरिक तथा बाह्य पर्यटकीय गतिविधीहरु समेत बढ्ने विश्वास आफुले लिएको बताउनुभयो ।

यस क्षेत्र वरिपरि वनजंगलले घेरिएको हुँदा उच्च पहाडी मिश्रित जंगलको सुन्दरता संगै जैविक विविधताको हिसावले समेत महत्वपुर्ण रहेकोले मध्यपहाडी लोकमार्ग हुर्दै पुर्व पश्चिम यात्रा गर्नेहरुका लागि चिसो हावापानी संगै बनजंगल नियाल्दै, विभिन्न खालका चराचुरंगीका भाकाहरु संगै आनन्दको अनुभुति सहित विश्राम गर्ने विश्राम स्थलको रुपमा विकास गरिने र सामुदायिक वनमा पर्यापर्यटन मार्फत अस्थायी व्यवसाय संचालन गरि समुहको आय आर्जन विस्तार गर्दै वन संरक्षणमा आयश्रोत विस्तार गर्न समेत सकिने वन समुहका अध्यक्ष नवीन कुमार पुनले बताउनुभयो । साथै पार्क निर्माण पछि थप संरचनाहरु निर्माण गरि व्यवस्थित गर्न स्थानीय सरकारले आवश्यक बजेट खर्च गर्न सक्ने लागत साझेदारी सम्बन्धी व्यवस्था समेत रहेको अध्यक्ष पुनले बताउनुभएको छ ।

Facebook Comments