• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानद्धारा तीन कलाकार सम्मानित




घोराही । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठन जिल्ला कार्यसमिति दाङले तीन जना गायक तथा संगितकारलाई सम्मान गरेको छ । प्रतिष्ठानले हरेक वर्ष प्रदानगर्ने मधुबाबु थापा, मथुरा प्रसाद श्रेष्ठ, र प्रविन भारती स्मृति प्रतिभा पुरस्कारको रुपमा जिल्लामा रहेर लामोसमयदेखि लोकगीत संगितमा योगदान गर्नुभएका श्रष्ठालाई सम्मान गरिएको हो ।बुधबार प्रतिष्ठानका जिल्ला अध्यक्ष राजेन्द्र दाहालको अध्यक्षता एवं लुम्बिनी प्रदेशसभा सदस्य लोका बि.कको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा मधुबाबु थापा स्मृति प्रतिभा पुरस्कारबाट घनश्याम केसी, मथुरा प्रसाद श्रेष्ठ प्रतिभा पुरस्कारबाट हुम बहादुर डि।सी र प्रविन भारती युवा स्मृति प्रतिभा पुरस्कारबाट शान्ता ओलीलाई नगद सहित ताम्रापत्रले सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी बिकले संगित क्षेत्रमा गरेको योगदानको कदर गर्दै प्रतिष्ठानले गर्दै आएको यस्ता सम्मानका कामले श्रष्ठालाई झनै प्रेरणा मिल्ने बताउनुभयो ।

पुरस्कारले अग्रजलाई सम्मानसँगै नयाँ पुस्तालाइ पनि थप पे्ररणा दिएको उहाँको भनाई थियो । । मुलुकलाई सांस्कृतिक रूपमा समुन्नत बनाउन प्रतिष्ठानको भूमिका महत्वपूर्ण रहेको बताउँदै उहाँले नेपाली कला संस्कृतिको संरक्षण, प्रदर्शन, प्रवद्र्धनमा आगामी दिनमा आफ्नो सहयोग रहने प्रतिबद्धता पनि जनाउनुभयो ।

यस्तै प्रष्ठिानका अध्यक्ष दाहालले प्रतिष्ठानमा भइरहेका गतिविधि एवं उपलब्धिहरूको चर्चा गर्दै संगीन अवस्थामा गुज्रिरहेको प्रतिष्ठानलाई आत्मनिर्भरतर्फ अग्रसर बनाउँदै लगेको बताउनुभयो । साथै हाल निमार्णाधिन अवस्थामा रहेको प्रतिष्ठानको भवनलाई निमार्ण सम्पन्न गर्नको लागी सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा लोकगीत तथा नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महिला उपाध्यक्ष बिमला खड्का र सदस्य राजमान खत्रीले गर्नुभएको थियो ।

Facebook Comments