• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उद्योग वाणिज्य महासंघको स्थापनामा दिप प्रज्वलन




दाङ । नेपाल उद्योग वाणिज्य महासंघको स्थापना दिवसको अवसरमा दाङ जिल्ला उद्योग वाणिज्य संघमा दिप प्रज्वलन गरिएको छ ।

दिप प्रज्वलनमा का. अध्यक्ष ध्रब कुमार गहतराजको अध्यक्षता तथा पूर्व अध्यक्ष भरत बुढाथोकीको प्रमुख अतिथिमा गरिएको दिप प्रज्वलन कार्यक्रममा वोल्ने बक्ताहरुले शुभकामना दिदै नेपाल उद्योग वाणिज्य महासंघले सुस्ताउँदो अर्थतन्त्रलाई गति दिन निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्ने र उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।

उनीहरुले राजनीतिक परिवर्तनले मात्र आर्थिक समृद्धि सम्भव नहुने भएकाले निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ्न सरकारसँग आग्रह पनि गरेका छन् । पछिल्लो समय सरकारबाटै निजी क्षेत्रको मानमर्दन हुने खालका गतिविधि भएकोमा उनीहरुले चिन्ता पनि जाहेर गरेका थिए ।

वाणिज्य उपाध्यक्ष लिलरामा खड्काको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा माधव प्रसाद शर्मा, रामदयाल गुप्ता, हेमराज बन्जाडेलगायतले मन्तव्य राखेका थिए भन्ने सहजिकरण सचिव विकास वलीले गरेका थिए ।

Facebook Comments