• २३ मंसिर २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सम्मेलनको अवसरमा दाङ कांग्रेसद्वारा रक्तदान




घोराही । नेपाली कांग्रेस दाङ जिल्लाको दोस्रो जिल्ला सम्मेलनको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय प्रन्ध जनाले रक्तदान गरेका छन् ।

नेपाली कांग्रेसको दोस्रो जिल्ला सम्मेलन चैत २८ अर्थात भोली  घोराही उपमहानगरपालिका–१४ स्थीत बहुउद्देश्यीय सभागृहमा हुदैछ । उक्त दोस्रो  जिल्ला सम्मेलनलाई कांग्रेसका केन्द्रीय सदस्य नेता  डा. शेखर कोइरालालगायतका नेताहरुले सम्बोधन गर्दै छन्  ।

नेपाली कांग्रेस दाङको अयोजनमा तथा नेपाल विद्यार्थी संघ दाङको व्यवस्थापक बुधवार पार्टी कार्यालयमा रगतको मागलाई ध्यान दिँदै सम्मेलनको अवसरमा रक्तदान आयोजना गरिएको सभापती शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो ।

रक्तदान जीवनदान हो भन्दै बिरामीहरुलाई अत्यावश्यक पर्ने व्लड जिल्लामा अभाव हुन नदिनका लागि नयाँ रक्तदाता उत्पादन गर्ने लक्ष्यका साथ रक्तदान आयोजना भएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निरज गिरीले बताउनु भयो । उहाँले अझैपनि धेरै विरामीहरु रगतको अभावमा मृत्युको मुखमा पुग्न परेको भन्दै  सक्षम व्यक्तिहरुले रक्तदान गरि पुन्य कमाउनुपर्ने समेत बताउनु भयो ।

एक सय प्रन्ध जना रक्तदाता मध्ये अठासी जना नयाँ रक्तदाता रहेका छन् ।रक्तदान नेपाल रेडक्रस सोसाईटी घोराहीको प्राविधिक सहयोगमा  सम्पन्न भएको थियो ।

Facebook Comments