• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सबै ठाउँमा पिउने पानीको व्यवस्था गर्ने सहमतिमा खुल्यो ताला




घोराही । घोराही–१२ हापुरमा स्थित हापुर खानेपानी उपभोक्ता तथा सरसफाई समिति स्किम नम्वर २ को साधारणसभा २०८१ वैशाख २५ गतेभित्र गरिने भएको छ । विभिन्न माग राखि आन्दोलनमा उत्रिएका स्थानीयबासीहरुसँग बुधरबार वडा नम्वर १२ को वडा कार्यालयमा भएको समिति अनुसार हापुर खानेपानीको साधारणसभा वैशाख २५ गतेभित्र गर्ने, यो भन्दा अगाडी समितिको अडिट समेत गर्ने निर्णय भएको । यसैगरी सबै टोलमा रहेका ७ सय बढि धाराहरुमा समानरुपमा पानी जाने व्यवस्था गर्ने, नयाँ समवयललाई तत्काल विद्युत जडान गरेर सञ्चालन गर्ने, पुरानो खानेपानीको मुहान सरसफाई गर्ने निर्णय भएकोछ ।

वडाध्यक्ष द्रोण बहकरीको अध्यक्षत्ता एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनको उपस्थितिमा भएको दुईपक्षिय वैठकमा साधारणसभामा समितिको विधान परिवर्तन गरी सबै उपभोक्ताहरु अटाउन सक्ने नयाँ कार्य समिति चयन गर्ने, पानीको दिर्घकालिन समस्या समाधान गर्न सबै क्षेत्रमा मुहानको खोजी गरि बोरिङ गर्नेदेखि ओभरहेड टेंकी निर्माण गर्नेसम्म सहमति भएको छ ।

यस विषयमा बोल्दै घोराही–१२ का वडाध्यक्ष दोर्ण बहकरीले खानेपानी समितिले सबै उपभोक्ताको हित हुने गरी काम गर्ने सवालमा तदारुकता देखाउनुपर्ने, समितिलाई सफल बनाउन आफुहरु पनि कटिबद्ध भएर लाग्ने बताउनुभयो ।

यसैगरी हापुरक्षेत्रमा पिउने पानीको व्यवस्था केकसरी गर्न सकिन्छ भनेर लामो समयदेखि लागि रहेको घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले आउँदो वैशाख २५ गतेसम्म नयाँ समवयल सञ्चालन, पानीको मुहान सरसफाई र संरक्षण, समान र व्यवस्थित तवरले सबै टोलमा पानी वितरण गर्ने, अडिट गरेर साधारणसभा गरी विधान परिवर्तन गरेर नयाँ कार्य समिति चयन गर्नका लागि आफ्नो तर्फबाट साथसहयोग र खबरदारी हुने बताउनुभयो ।

छलफल कार्यक्रममा सहभागि रमना टोल विकास संस्थाका अध्यक्ष दामोदार शर्मा, बसन्तपुर टोल विकास संस्थाका अध्यक्ष रेशम योगी, स्थानीय समाजसेवी गोबरधन योगीलगायतकाले अब पनि वैशाख २५ गतेसम्म भएका निर्णय कार्यान्वयन गर्ने सवालमा समिति उदासिन भयो भने आफुहरु जिल्ला प्रशासन देखि अख्तियारसम्म जाने बताउनुभयो ।

यता यस विषयमा छलफल गर्न वडाकार्यालय पुगेका खानेपानी समितिका उपाध्यक्ष रुकमिणी न्यौपाने, सचिव राजबहादुर परियार, कार्यबाहक कोषाध्यक्ष दिर्घराज न्यौपानेले वैशाख २५ गतेभित्रमा भएका सबै सहमति कार्यान्वयन गर्न आफुहरु प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । सबैको साथसहयोग लिएर अबदेखि समितिका कामकारबाहीलाई प्रभावकारी बनाउन आफुहरु अगाडी बढ्ने खानेपानी समितिका पदाधिकारीहरुको भनाइ छ ।

हापुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिले स्किम नम्वर २ अन्तगर्त हाल ७ सय बढि धारा बितरण गरेको छ । जस अन्गर्त रमना, बसन्तपुरमा रहेको तीनवटा टोल विकास संस्थाका दुईसय बढि धारामा हाल पिउने पानी नगएपछि टोलबासीहरु आनदेलित भएका हुन् ।

मंगलबार समितिको कार्यालयमा तालाबन्दी गरिएपछि बुधबार विहान सो क्षेत्रका अधिकांश धारामा पानी गएको उपभोक्ताहरुको भनाइँ छ । वितरण प्रणालीमा सुधार गरिएपनि एक हदसम्मको समस्या समाधान हुने देखिन्छ । यस बाहेक दिर्घकालिन समस्या समधानका लागि अब हालको कार्यसमिति, नयाँ बन्ने कार्य समिति पनि स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायहरुसँग सहकार्य गरी तदारुकताका साथ लाग्नुपर्छ ।

Facebook Comments