• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीका अध्यक्ष विष्टद्वारा आफूले प्राप्त गर्ने सेवासुविधाको रकमबाट विपन्न परिवारलाई बोका प्रदान




देउखुरी । दाङ –देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफूले प्राप्त गर्ने सेवा सुविधा बापतको रकमबाट पालिकाका एक अति विपन्न परिवारलाई बाख्राको बीउ बोका प्रदान गर्नुभएको छ।

पालिकाको वडा नम्बर १ खर्क निवासी अतिविपन्न कृष्णबहादुर राना मगरलाई उक्त बोका प्रदान गर्नुभएको हो।

अध्यक्ष विष्ट मंगलबार जनताहरुको समस्याहरु बुझ्न खर्क गाउँ पुग्नु भएको थियोे ।सोही बेला रानाले आफूसँग केही माउ बाख्रा भएको तर बीउ बोका आवश्यक परेको बताएपछि पालिकाका अध्यक्ष विष्टले बुधबार नै बोका प्रदान गर्नुभएको हो।

जङ्गलको नजिकै रहेको खर्क गाउँमा बाख्रापालनको राम्रो सम्भावना रहेको छ।

अध्यक्ष विष्टले आफू गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएदेखि नै गाउँपालिकाबाट प्राप्त गर्ने सेवा सुविधा बाफतको रकमबाट अति विपन्न नागरिकहरुलाई सहयोग गर्दै आइरहनु भएको छ।

Facebook Comments