• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनीका मुख्यमन्त्रीले चैत ३० मा विश्वासको मत लिने




देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मुख्यमन्त्रीमा नियुक्त भएको एक हप्तामा विश्वासको मत लिने भएका छन् । ।

यही चैत ३० गते मुख्यमन्त्री महराले विश्वासको मत लिने तयारी गरेका छन् । । चैत २३ गते मुख्यमन्त्रीमा महरा नियुक्त भएका थिए । महरालाई पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसदगरी ४८ जना प्रदेशसभा सदस्यको समर्थन छ । मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । मुख्यमन्त्री महराले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक सभामुख तुलाराम घर्ती मगरले तोकेको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

महरालाई गठबन्धन दल एमालेको २९, माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति पार्टीका चार, जसपाका तीन, नेकपा एस एक र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो । प्रदेशसभाका ८७ सांसदमध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।

Facebook Comments