• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
छत्रेश्वरीमा एकीकृत जनस्वास्थ्य अभियान, ३१२ जना विरामीले सेवा लिए




सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा एकिकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरबाट ३१२ जनाले सेवा लिएका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना र छत्रेश्वरी गाउँपालिकाको समन्वयमा भएको शिवरमा १९ जनाले दन्तरोग तथा मुख स्वास्थ्य सेवा, ३३ जनाले ल्याब सेवा, १४ जनाले इसीजी सेवा, ४ जनाले युएसजी सेवा र अन्यले सामान्य चेकजाँच र परामर्श सेवा लिएका छन् ।

शिविर उद्घाटन कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले विभिन्न समस्याका कारण अस्पतालसम्म जान नसकेका विरामीलाई आफ्नै गाउँठाउँमा रोग पहिचान र उपचारका लागि यस प्रकारका शिविरले लाभ पुर्याउने बताए । शिविरमा स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक डाक्टर अर्जुन बुढा तथा अन्य ७ जना विशेषज्ञ डाक्टरहरु सहित १५ जनाको चिकित्सक टोलिले चेकजाँच तथा उपचार गरेको थियो । शिविरमा निः शुल्क औषधि वितरण, मनोसामाजिक परामर्श सेवा, क्षयरोग पहिचानका लागि खकारको नमुना संकलन पनि गरिएको थियो ।

शिविर उद्घाटन कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्री, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढा, स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराई लगाएतको सहभागिता थियो ।।

 

Facebook Comments