• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा बजार अनुगमन, साढे ५९ हजार बढी म्याद गुज्रिएका सामान नष्ट




खुमबहादुर सुनार
लिवाङ । रोल्पा नगरपालिकाभित्र रहेका बजारमा छड्के अनुगमन गरिएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय रुपन्देहीको आयोजनामा सोमबार रोल्पा नगरपालिका वडा २ र ४ नम्बर वडाभित्र सञ्चालनमा रहेका उद्योग तथा पसलहरुको छड्के अनुगमन गरिएको अनुगमन गरिएको हो ।

रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझी, उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालयको नि.निदेशक नारायण न्यौपाने , घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख तारा प्रशाद आचार्य लगायतको सहभागीतामा उद्योग तथा पसलहरुको अनुगमन तथा निरीक्षण कार्य सम्पन्न भएको छ ।

दङ्गली जुत्ता उद्योग पसल, लिवाङ कोसेली घर, गाम बेशी अल्लो तथा धागा उद्योग, एस एस बेकरी तथा चाउमिन उद्योग लगायत २० वटा उद्योगहरु तथा पसलहरूमा अनुगमन गरेको र उद्योग व्यवसायिकहरुले घरेलुु तथा साना उद्योग कार्यालयले थप अनुदानका कार्यक्रमसहित सीप परिक्षणका कार्यक्रम ल्याउनु पर्ने, उद्यमीहरुले उत्पादन गरेका सामग्री बजार नपाएको र उद्योगहरु नचलेर बन्द गर्नुपर्ने अवस्था रहेको गाम बेशी अल्लो तथा धागा उद्योगकी संचालिका सुनिता घर्तीले उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालयको निमित्त निर्देशकलाई गुनासो सुनाउनुभयो ।

अनुगमनका क्रममामा उद्योगको पूँजी कति रहेको, दर्ता भए नभएको, घरेलु तथा साना उद्योग कार्यालयले अनुदान तथा सीप सिकाइका कार्यक्रम गरे नगरेको भए/ नभएको उद्यमीहरुसँग जानकारी लिएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशक नाराण प्रशाद न्यौपानेको संयोजक्तामा रोल्पा जिल्लाको सदरमुकाम लिवाङका मुख्य बजारहरुको अनुगमनमा म्याद गुज्रिएका समानहरु भेटिएको र त्यसैलाई जफत गरी नष्ट गरिएको छ ।

अनुगमनको क्रममा सर्वज्ञ हार्डवेयर्समा इनामेल, प्राईमर समेत गरी २३ हजार २ सय बराबरको म्याद गुज्रिएको समान भेटिएको छ । त्यस्तै पिसला स्टोर्समा १ हजार ४ सय बराबरको कोकस्मेस्टिक समान, डिएम सप्लापर्स पेन्टीङमा १७ हजार ३ सय बराबरको सामान, शुभय ट्रेडर्स सप्लायर्समा १५ हजर २ सय ९१ रुपैयाँ बराबरको सामान, एपिएम सप्लार्यासमा २ दुई ४ सय ६४ रुपौयाँ बराबरको सामान गरि जम्मा ५९ हजार ६ सय ५५ रुपैयाँ बराबरको समान बरामद गरेर नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ ।

उद्योग बानिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशक नाराण प्रशाद न्यौपाने , घरेलु तथा साना उद्योग कार्यालयको कार्यालय प्रमुख तारा प्रसाद शर्मा , जिल्ला प्रशासन कार्यालय रोल्पा अधिकृत पदम बहादुर डाँगी , जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक राम नारायण गुप्ता , लगाएतको समाजसेवीहरुको अगुवाईमा अनुगम गरी बरामद सामान नष्ट गरिएको हो ।

नियमित तरिकाले केही दिनयता रोल्पा नगरपालिका वडा २ र ४ वडा रहेको बजारहरुमा खाद्यान पसल, उद्योग , सिलाइ, मासु पसल , हार्डवार पसलहरु संयुक्त अनुगमन गरिएको आयोजकका सदस्य उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय निमित्त नारायण प्रशाद न्यौपानेले बाताउनुभएको थियो ।

Facebook Comments