• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मन्त्री हुँदा बजेट हालेँ, अब विकास हेर्छुः मास्की




दाङ । लुम्बिनी प्रदेशको अर्थमन्त्री हुँदा आफूले हालेका बजेटको अनुगमन गर्दै प्रदेशसभा सदस्य धनबहादुर मास्की गाउँ–गाउँ पुग्ने गरेका छन् । दाङ क्षेत्र नं.३(२)बाट निर्वाचित मास्कीले गाउँ–गाउँमा गएर योजना अनुगमन गर्ने गरेका छन् ।

मंगलबार तुलसीपुर उपमहानगरपालिका वडा नं.११ का बिभिन्न योजनाको अनुगमन गरे । त्यस अवसरमा उनले पश्चिम दाङमा जति बजेट आएको छ, त्यो सबै कार्यान्वयनको चरणमा रहेको बताए । ति योजनाहरुको निर्माण कार्यको अनुगमनलाई अघि बढाएको उनले बताए ।‘मन्त्री हुँदा मैले बजेट हालेँ’,उनले भने‘अब ति योजनाहरुको अनुगमन गरेर, काम छिटो सक्न पहल थाल्छु ।’ केही योजनाहरु निर्माण पूरा पनि भइसकेको छ र केही योजनाहरु पूरा हुने प्रक्रियामै रहेको उनले बताए ।

मन्त्री हुँदा होस्, वा सांसद मात्रै हुँदा पनि पश्चिम दाङको विकासकालागि हलकदम लागिरहेको समेत उनले बताए ।

मंगलबार तुलसीपुर ११ स्थित शान्ति माध्यमिक बिद्यालय नवलपुरको २ कोठे भवन र चार कोठे ट्रष्ट निर्माणको अनुगमन गरेका हुन् । जहाँ मास्कीले अर्थमन्त्री हुँदा १५ लाख बजेट बिनियोजन गरेका थिए ।

त्यस्तै तुलसीपुर ११ बेल्टाकुरा स्थित उरहरी स्वास्थ्यचौकीको भवन निर्माणको अनुगमन गरेका थिए । जहाँ मास्कीले २० लाख बजेट बिनियोजन गरेपछि तुलसीपुर उपमहानगरपालिकाले थप गरि काम सुरु भएको थियो । ९ बर्षदेखि भवन अलपत्र भएको कुरा थाहा पाएपछि मन्त्री मास्कीले प्रदेश सरकारबाट बजेट बिनियोजन गरेका थिए ।

त्यस्तै तुलसीपुर ११ बेलगनार स्थित पातुखोलाको भएको तटबन्ध निर्माण कार्यको अनुगमन गरेका थिए । जहाँ बर्षौदेखि पातुखोलाले कटान गरेको जग्गा सुरक्षित भएको छ । मास्कीले सोही ठाउँमा २० लाख बजेट बिनियोज गरेका थिए । त्यस्तै तुलसीपुर १० गोलौरीमा निर्माण भएको सडक नालाको अवलोकन गरेका थिए । जहाँ मास्कीले ३० लाख बजेट बिनियोजन गरेका थिए ।
मन्त्री मास्कीले तुलसीपुर ११ बेलटाकुरा स्थित कृष्ण मन्दिरको पनि अनुगमन गरेका थिए ।

Facebook Comments