तुल बहादुर कवँर मगर
देउखुरी । राप्ती गाउँपालिकास्तरीय स्थानीय विपद व्यवस्थापन समितिको बैठक मंगलबार गाउँपालिकाकाे कार्यालय मसुरीयामा सम्पन्न भएको छ।
राप्ती गाउँपालिकाका अध्यक्ष तथा स्थानीय विपद व्यवस्थापन समितिका संयाेजक प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकले सुख्खा मौसम सुरु भएसँगै विपद जन्य विभिन्न प्रकृतिका घटनाहरु हुने हुदा त्यसबाट बच्न पालिका भित्र रहेका सम्पूर्ण सरोकारवाला निकायहरुलाई पूर्व तयारीमा जुटन आग्रह गर्ने निर्णय गरेको छ।
त्यस्तै बैठकले पछिल्लो केही दिन यता विभिन्न वडाका सामुदायिक वनहरुमा आगलागीका घट्नाहरु बढी रहेकाले त्यसलाई तत्काल नियन्त्रण गर्न पहल गर्ने र थप आगलागी हुन नदिनका लागि अग्नि रेखा निर्माण गर्ने तथा समुदाय स्तरमै सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेकाे छ ।
बैठकमा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी,विभिन्न वडाका वडा अध्यक्षहरु,गाउँपालिका अन्तर्गत रहेका सामुदायिक वनका अध्यक्ष ,सुरक्षा निकायका प्रमुख ,रेडक्रसका प्रतिनिधि ,पत्रकारहरु लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमकाे सहजीकरण गाउँपालिकाका प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले गर्नु भएको थियोे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।