• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ कांग्रेस सम्मेलनको उद्घाटन नेता डा. शेखरले गर्ने




दाङ । नेपाली कांग्रेस केन्द्रीय सदस्य एंव माननीय डा. शेखर कोइराला दाङ आउनुहुने भएको छ । नेपाली कांग्रेस दाङ जिल्लाको दोस्रो सम्मेलनमा सहभागी हुनकालागी नेता कोइराला दाङ आउन लाग्नुभएको हो ।

यही मिति २०८० चैत २९ गते हुने सम्मेलनलाई सम्बोधन गर्नकालागी नेता कोइराला दाङ आउन लागेको नेपाली कांग्रेस कांग्रेस दाङ जिल्ला सभापति शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो ।

साथै उहाँले चैत २९ गते शनिवार घोराहीमा हुने सम्मेलनमा सहभागी हुनकालागी सम्पूर्ण नेपाली कांग्रेसका नेता कार्यकता, क्षेत्रीय कार्यसमिति , महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश, पालिका तथा वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि, कृयाशिल सदस्य,भातृ तथा सवेच्छुक संघसंगठन लगायत सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।

नेपाली कांग्रेस दाङ जिल्लाको दोस्रो सम्मेलनमाको अवसरमा चैत्र २८ गते अर्थात् भोलि पार्टी कार्यालयमा हुने रक्तदान कार्यक्रममा सहभागी हुन समेत अनुरोध गर्नु भएको छ ।

Facebook Comments