• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानमा देशकै उत्कृष्ट जेष्ठ नागरिक सेवा




दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुलुककै उत्कृष्ट रहेको जेष्ठ नागरिक सेवा थप प्रभावकारी बन्दै गएको छ । जेष्ठ नागरीकहरुलाई लक्षित गर्दै प्रतिष्ठानले नेपालकै पहिलो जेष्ठ नागरीक रोग विशेषज्ञको ब्यवस्था गर्दै छुट्टै ओपिडि सेवापनि सञ्चालनमा ल्याएको छ । जेष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कडेलको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मी र नर्सको ब्यवस्था गरेर प्रतिष्ठानले सो सेवालाई प्रभावकारी बनाउदै लगेको छ । कडेल हाल प्रतिष्ठानको कामु निर्देशकको जिम्मेवारीमा पनि हुनुहुन्छ ।

नेपालकै एक मात्र अस्पताल प्रतिष्ठानमा जेष्ठ नागरिक ओपिडिसहित १२ वेडको वार्ड पनि सञ्चालनमा ल्याएको प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिनुभयो । लम्सालले जेष्ठ नागरिकको उपचारमा टेवा पुर्याउने उदेश्यले हाल प्रतिष्ठानमा टोकन सिष्टम पनि सुरुवात गरिसकेको छ भने फार्मेसिमा पनि जेष्ठ नागरिकलाई औषधी लिनका लागि छुट्टै झ्यालको ब्यवस्था गरिएको छ ।

प्रतिष्ठानले दिएको जानकारी अनुसार ६० वर्ष देखि ६९ वर्षसम्मका ५ हजार ८३ जना महिला र ४ हजार ३४ जना पुरुष जेष्ठ नागरिकहरुले ओपिडि सेवा लिएका छन् भने ७० वर्ष भन्दा माथिका ५ हजार १६ जना महिला र ४ हजार ६ सय ८९ पुरुष जेष्ठ नागरिकले ओपिडि सेवा प्राप्त गरेका छन् । त्यस्तै ६० वर्ष भन्दा माथिका ५ हजार ४ सय २८ जना जेष्ठ नागरिकहरु उपचारका लागि भर्ना भई सेवा लिएका छन् ।

जसअनुसार ओसिएमसि ७ जना, सर्जरी सेवा १ हजार २३ जना, प्रसुति सेवा २ हजार ७ सय ३४ जना, अर्थोपेडिक सेवा ५ सय ६५ जना, दन्त सेवा १ जना, नाक, कान घाटि रोग विशेषज्ञ सेवा १ सय ५४ जना, युरोलोजि सेवा ७८ जना, मानसिक रोग विशेषज्ञ सेवा ५३ जना, अन्य सेवा १ जना, मेडिसिनको सेवा ७ सय ४० जना, वाल रोग विशेषज्ञ सेवा ३२ जना, एमडिजिपि ३४ जना, आँखा रोग विशेषज्ञ सेवा ६ जना भर्ना भई उपचार सेवा लिएका छन् ।

यसैगरेर ६० वर्ष भन्दा माथिका ६३ हजार ८ सय ४० जना जेष्ठ नागरिकहरुको ओपिडिबाट विशेषज्ञ सेवा पाएका छन् । जसअनुसार ओसिएमसी सेवा २८ जना, अर्थोपेडिक सेवा ८ हजार ३ सय ८३ जना, छाला रोग विशेषज्ञ सेवा ३ सय ८४ जना, नाक, कान घाँटी रोग विशेषज्ञ सेवा ३ हजार ५ सय ५४ जना, प्रसुति सेवा ४ सय २९ जना, मानसीक रोग विशेषज्ञ सेवा १ हजार ३ सय २२ जना, रेडियोलोजि सेवा ८४ जना, दन्त सेवा १ हजार ४ सय ९३ जना, आँखा रोग विशेषज्ञ सेवा ५ हजार ३ सय ३९ जना, जेनरल सर्जरी सेवा ४ हजार ४ सय १६ जना, संस्थागत क्लिनीक १ जना, अन्य सेवा अन्तरगत ६ सय ३५ जना, युरोलोजि सेवा १ हजार ८ सय २७ जना, अन्य विभागीय सेवा ६ जना, मेडिसीन तथा जेष्ठ नागरीक ओपिडी वार्डवाट २१ हजार ५ सय ४ जना, वाल रोग विशेषज्ञ सेवा ३ हजार ६ सय ३५ जना, फीजियोथेरापी सेवा ७ जना, दन्त सेवा फलोअप १ जना, इमरजेन्सी सेवा ९ हजार १ सय ६३ जना र एमडिजीपि सेवातर्फ १ हजार ६ सय २९ जनाले ओपिडि सेवा लिएका छन् । यो सेवाग्राहीको संख्या गएको साउनदेखि फागुन मसान्त सम्मको हो ।

 

Facebook Comments