• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढीमा आधारभूत तहको नतिजा सार्वजनिक, शुद्ध उत्तीर्ण ९ देखि बढेर २१ प्रतिशतमा पुग्यो




कमल खड्का
रोल्पा । रुन्टीगढी गाउँपालिकाको आधारभूत तह अन्तर्गत कक्षा ८ को नतिजा सार्वजनिक भएको छ । शैशिक सत्र २०८० चैत १ गतेदेखि सुरु गरिएको पालिकास्तरीय आधारभूत तहको नतिजा सोमबार गाउँपालिकामा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।

शैशिक सत्र २०८० मा आधारभूत तह अर्थात् कक्षा ८ मा सात सय २१ जना भर्ना भएका विद्यार्थीमध्ये विभिन्न कारणले ६ सय १६ जना विद्यार्थीहरु मात्र परीक्षामा समेल भएका थिए । जसमध्ये कुनैपनि विषय नलागेर शुद्ध उत्तीर्ण संख्या १ सय ३० जना रहेका छन् । जसको शुद्ध उत्तीर्ण २१ प्रतिशत रहेको छ । विषय लागेर २ सय ९६ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने यसरी कूल उत्तीर्ण संख्या ४ सय २६ रहेको छ । जसको कूल ६९ प्रतिशत रहेको छ । यसैगरी कक्षा चढाउनै नपाउने गरी १ सय ९० जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

रुन्टीगढी गाउँपालिकाको वडा – १ मा रहेको पद्योदय मावि दाङचोटले परीक्षामा सामेल गराएको १५ जना विद्यार्थी मध्ये १२ जना अर्थात ८० प्रतिशत शुद्ध विद्यार्थी उत्तीर्ण गराइ पहिलो स्थान हासिल गर्न सफल भएको छ । गत वर्ष पनि पद्योदय मावि दाङचोटले पहिलो स्थान हासिल गर्न नै सफल भएको थियो ।

यसैगरी जनकल्यान मावि रुन्टीगढी ९ सर्पालले परीक्षामा सामेल गराएको ४० जना विद्यार्थी मध्ये २६ जना अर्थात ६५ प्रतिशत शुद्ध विद्यार्थी उत्तीर्ण गराइ दोस्रो,  तिपुरेश्वरी आवि रुन्टीगढी ६  खाराले परीक्षामा सामेल गराएको १२ जना विद्यार्थी मध्य ७ जना अर्थात ५८ प्रतिशत शुद्ध विद्यार्थी उत्तीर्ण गराइ तेस्रो स्थान र जनज्योति आवि रुन्टीगढी २ लामिडाँडाले परीक्षामा सामेल गराएको ३२ जना विद्यार्थी मध्य १६ जना अर्थात ५० प्रतिशत शुद्ध विद्यार्थी उत्तीर्ण गराइ चाैथाे स्थान हासिल गर्न  सफल भएको छ ।

गत वर्ष ९ प्रतिशत सिकाइ उपलब्धी देखिको कक्षा ८ को परीक्षाको नतिजा यस वर्ष बढेर २१ प्रतिशत भएको छ । यसरी हेर्दा गतवर्षको भन्दा यस वर्ष रून्टीगढीमा  सिकाइ उपलब्धी नतिजा सन्तोषजनक तथा वृद्धि भएको पाइएको छ ।

 

 

Facebook Comments