• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो




भक्तपुर । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । चैत १३ गतेसम्म कुल एक करोड ७० लाख थान पुस्तक छपाइ गरी हालसम्म ८० प्रतिशत पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिनुभयो ।

उहाँले आजसम्म ७५ जिल्लामा पुस्तक पुगिसकेको जानकारी दिनुभयो । अनुसार आजदेखि सोलुखुम्बु, बाँके र बर्दियामा पाठ्यपुस्तक वितरण सुरु भएको छ । कैलालीमा भने भोलिदेखि पुस्तक बिक्री सुरु गरिनेछ । उहाँले यही चैत २८ गतेसम्म सबै जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्ने गरी काम भइरहेको बताउनुभयो ।

स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम निकासा नगर्दा पाठ्यपुस्तक बिक्रीमा केही ढिलाइ भएको उहाँको भनाइ छ । उहाँले सोलुखुम्बुका स्थानीय तहलाई पत्राचार गरेको १० दिनपछि आज रकम निकासा भएको बताउनुभयो । दुर्गम जिल्लाका विद्यालयमा पाठ्यपुस्तक वितरणपछि काठमाडौँ उपत्यकामा सुरु गरिने उहाँको भनाइ छ । रासस

 

Facebook Comments