• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संचारकर्मी भट्टराईको “भ्रष्टाचारी” म्युजिक भिडियो  सार्वजनिक




नवलपरासी । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको देश प्रेमको गीत भ्रष्टाचारी बजारमा आएको छ । देशको हालको अबस्था, भ्रष्टाचारले देश आक्रान्त बनेको, युवा बेरोजगार बढेको, नेपालीहरुमा अहिलेको रहन सहनले पारेको असर लगाएतका बिषय समेटिएको गीत भ्रष्टाचारी बजारमा आएको हो ।

अर्जुन पाण्डे र दिपा न्यौपानेको शब्द सृजनामा बनेको गीतमा लोक जि मिजारले संगीत भरेका छन् । गीतमा लक्ष्मी पराजुली, राम श्रेष्ठ, लोक जि मिजार र सनम श्रीपालीको आवाज रहेको छ । गीतलाई दर्पण टिभी नेपाल नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । पाल्पा आसपासका क्षेत्रमा छायांकन गरिएको भिडियो उत्कृष्ट बनेको र नेपाली कथा बस्तु समेतिएको गीतका प्रस्तुतकर्ता विमल भट्टराईले बताएका छन् । भट्टराईले टिभी सिरियलहरु भाविको लेखान्त, जोइटिङ्ग्रे, गरिवको जीवन, आधा सिन्दुर र ताई न तूई,  सर्ट फिल्म सामाजिक दुरी, गरिवको जीबन, विभिन्न म्युजिक भिडियो यस्तै लगायत धेरैमा काम गरि सकेका छन् भने उनी शिखा मिडिया प्रालि अर्थात दर्पण पोष्ट डट कमको अध्यक्ष पनि रहेका छन् ।

भिडियोमा विमल भट्टराई, अर्जुन पाण्डे, दिपा न्यौपाने, सारिका दर्लामी  लगाएका कलाकारको अभिनय रहेको छ । सन्तोष बस्यालको छायांकन, सम्पादन र निर्देशन रहेको भिडियोका कोरियोग्राफर सुमन थापा हुन् । गीतले नेपालको अबस्थालाई नजिकबाट प्रस्तुत गरेको जानकारी दिँदै प्रस्तुतकर्ता भट्टराईले नेपाली जनतालाई सचेतना फैलाउन यस प्रकारका गीत संगित फेरी पनी ल्याउने बताएका छन् ।

https://youtu.be/ccwjOisiOj8

 

 

Facebook Comments