• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
होटल पौवाले खुवायो वृद्धवृद्धाहरुलाई भोजन




घोराही । दाङको घोराहीस्थित हाेटेल पाैवाले आफ्नाे आठाैँ स्थापना दिवसकाे अवसरमा वृद्धवृद्धाहरुलाई भोजन खुवाएको छ ।

होटलले घाेराही उपमहानगरपालिका  – १६ स्थित तेरौटे  बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरूलाई  मंगलबार भाेजन खुवाएको हो ।

होटलले आफ्नो आठौं स्थापना दिवसलाई सिर्जनात्मक तथा रचनात्मक बनाउनका लागि बृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरुलाई भोजन खुवाएको हाेटेलका म्यानेजर सुरेश भट्टराईले जानकारी दिनुभयाे । पछिल्लो समयमा विभिन्न उत्सव तथा स्थापना दिवसलाई खर्चिलो  बनाइएको हुँदा त्यसलाई खर्चिलो नभएर सामाजिक कार्यसँगै मानवीय सेवासँग जोड्नुपर्ने उहाँले बताउनुभयो ।

 

Facebook Comments