घोराही । दाङको घोराहीस्थित हाेटेल पाैवाले आफ्नाे आठाैँ स्थापना दिवसकाे अवसरमा वृद्धवृद्धाहरुलाई भोजन खुवाएको छ ।
होटलले घाेराही उपमहानगरपालिका – १६ स्थित तेरौटे बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरूलाई मंगलबार भाेजन खुवाएको हो ।
होटलले आफ्नो आठौं स्थापना दिवसलाई सिर्जनात्मक तथा रचनात्मक बनाउनका लागि बृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरुलाई भोजन खुवाएको हाेटेलका म्यानेजर सुरेश भट्टराईले जानकारी दिनुभयाे । पछिल्लो समयमा विभिन्न उत्सव तथा स्थापना दिवसलाई खर्चिलो बनाइएको हुँदा त्यसलाई खर्चिलो नभएर सामाजिक कार्यसँगै मानवीय सेवासँग जोड्नुपर्ने उहाँले बताउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।