• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्वच्छ नेपालले मनायो नवौं स्थापना दिवस




घोराही । स्वच्छ नेपालको नवौं स्थापना दिवस तथा नववर्ष  २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आइतबार घोराहीमा सम्पन्न भएको छ ।

स्वच्छ नेपालका अधयक्ष अध्यक्ष बिन्दु गिरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य प्रचण्ड बिक्रम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले हाम्रा गतिविधिका कारण हामीले हाम्रा सन्ततीलाई स्वच्छ प्रकृति हस्तान्तरण गर्न पाउछौं कि पाउदैनाचै भन्ने हाम्रो सामु चुनौती देखिएको बताउनुभयो। प्रमुख अतीथी न्यौपाने हामीले प्रकृती र पर्यावरणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। न्यौपानेले अहीले हरेक क्षेत्र प्रदुषित विकृती वन्दै गए जस्तै राजनीती पनि विग्रदै गएको वताउदै राजनीतीमा स्वच्छता पनि आजको आवश्यकता रहेको वताउनु भयो। यस्तै कार्यक्रमका विशीष्ट अतीती लुम्वीनी प्रदेश सभा सदस्य लोका विश्वकर्माले संस्थाले समाज रुपान्तरण , वातावरणका षेत्रमा अतुलनीय योगदान पुर्याएको वताउदै यसलाइ अझ शशक्त वनाएर लैजान आग्रह गर्नुभयो।

कार्यक्रममा वोल्ने वक्ताहरुले संस्थाले स्थापनाकालदेखि पर्यावरण , वातावरण स्वच्छता, सामाजीक ससक्तीकरण , महीला शशक्तीकरण तथा तथा सामाजीक कार्यहरु गर्दै आएको भन्दै यसको प्रशंशा गरेका थिए। स्वच्छ नेपालका कोषाध्यक्ष ममता विष्टको स्वागत मन्तव्य बाटसुरु भएको कार्यक्रममा घोराही उपमहनगरपालीका वर्डा न १५ का वर्डा अध्यक्ष रमेश कुमार पान्डे, पत्रकार महा संघ दाङ शाखाका सल्लाहकार सबिन प्रियासन , संस्थाका सल्लाहकारहरु सुबोध रेग्मी , साबित्रा राना, नेपाली काग्रेस घोराही नगरसभापती तिलक रावत, व्रमहकुमारी इश्वरी विश्वविद्यालयका शिवलाल महतरा , मानवअधिकार कर्मी श्रीमन न्यौपाने, लगायतले सुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यस अवसरमा समाज रुपान्तरण तथा पर्यावरण र वातावरणका क्षेत्र र संस्थाको विकासका लागी योगदान पुर्याएको भन्दैै सस्थाले संस्थापक अधयक्ष शुशीला पौडेल , नेपाल पत्रकार महासंघका दाङ शाखाका उपाध्यक्ष बसुन्धरा गौतम , घोराही उपमहानगरपालिकाका – १४ का पूर्व अध्यक्ष शक्तिराम डाँगी, सस्थाका सल्लाहकारद्धय सुबोध रेग्मी , सुदिप गौतम र सस्थापक लोका बिस्वकर्मालाई संस्थाले सम्मान समेत गरेको छ। कार्यक्रमको सहजीकरण गिरिराज नेपालीले गर्नुभएको थियो ।

 

Facebook Comments