• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्र घोराही नगरको अध्यक्षमा अटल




घोराही । नेकपा माओवादी केन्द्र घोराही नगर कमिटीको अध्यक्षमा खिमबहादुर चौधरी (अटल) चयन हुनुभएको छ ।

यसैगरी उपाध्यक्षहरुमा भागीदास चौधरी (साकार), दिलकुमारी बुढा, मने विश्वकर्मा (उदय), सचिवमा बसन्त चौधरी, सहसचिवमा शक्तिराम डाँगी र कोषाध्यक्षमा सुमन रोका चयन हुनुभएको छ । यसैगरी कार्यालय सदस्यहरुमा विकास मल्ल (जलन) र रेमन्ता पुन चयन हुनुभएको छ ।

नगर अध्यक्ष राजन वलीको अध्यक्षता एवं केन्द्रीय सदस्य भीमकुमारी बाँठाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश उपाध्यक्ष लुमाकान्त न्यौपाने (सागर), जिल्ला सहइन्चार्ज रामबहादुर दहित (अञ्जान) र जिल्ला सचिव विश्वराज आचार्यले प्रशिक्षण दिनुभएको थियो ।

 

Facebook Comments