जीबन नेपाली
कमिरेचौर। दाङको बंगलाचुली गाउँपालिका तथा वडा नम्वर ७ र ८ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आज आइतबार हाँसीपुरमा सम्पन्न भएको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम भएको थियो । कार्यक्रममा स्थानियहरुले बंगलाचुली गाउँपालिकाबाट भए गरेका विभिन्न योजना तथा प्रशासनिक कार्यका विषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा तुलसिराम खत्री ,प्रकाश केसी,मान बहादुर गाहा,
मीन बहादुर गाहा ,चन्द्रिका गाहा मगर लगाएतले गाउँपालिकाले प्रदान गर्ने सेवा,वडामा भएका समस्याका बारेमा गाउँपालिकाको जवाफ माग्नुभएको थियो । सो कार्यक्रमका सहभागिहरुले उठाएको सवालमा गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर,उपाध्यक्ष भक्त बहादुर जिसी,प्रमुख प्रशासकी अधिकृत चन्द्रकान्त पौडेल,वडा नम्वर ७ का अध्यक्ष गिर बहादुर थापा, ८ का अध्यक्ष झविन्द्र बहादुर गाहा, आर्थिक प्रशासन प्रमुख नाराय आचार्य लगाएतले जवाफ दिनुभएको थियो ।
सो कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले जनताको आधारभूत आपश्यकता परिपुर्ति गर्न गाउँपालिका लागि परेको बताउनुभयो । अध्यक्ष पुनले कतिपयकुराहरु पुराहुँदै गएको र कतिय पुराहुने प्रक्रियामा रहेको बताउनुभयो । उहाँले जनतालाई राज्यको अनुभूत गाराउने नै आफुहरुको प्रमुख लक्ष्यरहेको बताउनुभयो । अध्यक्ष पुनले अधिकारको उपयोग गर्ने हरेक नागरिकले कर्तव्यको बोध समेत गर्नुपर्छ भन्नेकुरालाई भुल्न नहुने बताउनुभयो । उहाँले गाउँपालिकालाई सक्षम र सवल बनाउनका लागि आउँदा दिनहरुमा केही कमिकमजोरी भएको खण्डमा सुधार गर्दै अघि बढ्ने बताउनुभयो ।
यस्तै गाउँपालिकाल उपाध्यक्ष भक्त बहादुर जिसीले हरेक नागरिक पनि आफ्नो क्षेत्रमा जिम्मेवार हुनुपर्ने बताउनुभयो । नागरिकलाई राज्यले हेर्ने र राज्यले दिएको अधिकारको उपभोग गर्दै नागरिकपनि जिम्मेवार हुनु पर्ने बताउनुभयो । उहाँले जनताका हरेक आवश्यकता परिपुर्ती गर्नका लागि गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
कार्यक्रममा बंगलाचुली गाउँपालिकाका सम्पूण शाखा प्रमुखहरु,वडाका सचिव लगाएतको सहभागिता रहेको थियो । भने वडा नम्वर ७ र ८ का स्थानियहरुको सहभागिता रहेको थियो ।
बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलकोको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजिकरण योजना शाखा प्रमुख नुमाकान्त कालाथोकिले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।