• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ उवासंघको भित्ते पात्रो विमोचन




दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघले प्रकाशन गरेको नयाँ वर्ष २०८१ को भित्तेपात्रो विमोचन गरिएको छ ।

सनिवार एक कार्यक्रमकाबीच प्रमुख अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्ब अध्यक्ष भरत बहादुर बुढाथोकीले भित्तेपात्रोको विमोचन गरेका हुन् ।

प्रमुख अतिथि बुढाथोकीले भित्तेपात्रो विमोचन गर्दै रचनात्मक कामहरु गर्दै आएकोमा संघलाई धन्यवाद दिए । उनले नयाँ वर्षको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै नयाँ वर्षमा व्यापार व्यवसाय राम्रो हुनेमा विश्वास व्यक्त गरे ।

दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष टंक सिंह बुढाथोकी पुर्ब अध्यक्षहरु नारायण भुसाल , चन्द्रराज पन्त, रामदयाल गुप्तालगायतले नयाँ वर्षको शुभकामना दिएका थिए ।

साथै संघको ५४औं स्थापना दिसको अवसरमा आयोजना गरिएको विभिन्न प्रतियोगिताका बिजेताहरुलाइ पुरस्कार बितरण गर्दै स्थापना दिवसको कार्यक्रम समापन गरिएको थियो ।

Facebook Comments