• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एकदिने निःशुल्क स्वास्थ्य तथा वित्तीय साक्षरता शिविर धबाङमा सम्पन्न




खुम बहादुर सुनार
धबाङ । निःशुल्क स्वास्थ्य तथा वित्तीय साक्षरता शिविर रोल्पा नगरपालिका वडा नं. १० धबाङको वडा कार्यालयको भवनमा सम्पन्न भएको छ । रोल्पा अस्पताल प्रा.लि. तथा प्रभु बैंक लि.शाखा लिवाङको आयोजनामा शनिबार सो एकदिने शिविर सम्पन्न भएको हो ।

रोल्पा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष मतिलाल डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा रोल्पा अस्पताल प्रालिका संचालक शिव आचार्य, प्रभु बैंक लि.शाखा लिवाङ कर्जा अधिकृत राधेश्याम भजेल , लगायत धबाङ प्रहरी चौकी प्रतिनिधि ,बुद्धिजीवी समाजसेवी , शिक्षक , रोल्पा अस्पताल प्रा.लि. कर्मचारी , प्रभु बैंक लि.शाखा लिवाङ कर्मचारी , विभिन्न क्लब, प्रतिनिधि , विद्यार्थी , आमा समूहहरूको सहभागिता रहेको थियो ।

उक्त शिविरमा जम्मा २ सय २८ जनाले लाभ लिएका छन् । शिविरमा एकसय ४१ पुरूष र एकसय ८७ जना महिलाको उपस्थिति रहेको रोल्पा अस्पताल प्रा.लि. संचालक शिव प्रशाद आचार्यले जानकारी दिनुभएको थियो ।

साथै प्रभु बैंक लि.शाखा लिवाङमा नि:शुल्क खाता ५० भन्दा बदीले सेवा लिएको बैंकका कर्जा अधकृत राधेश्याम भुजेलले बताउनु भएको थियो । भजेलका अनुसार अझैपनि आफ्नो नाम लेख्न नसक्ने र ल्यापचे बदी भएको पनि र बैंक राख्न पनि दर भएको जस्तो मसुस गरेको पनि बताउनु भएको थियो । जसरी रोल्पाको विभिन्न ठाउँमा यस्तै कार्यक्रम विगतदेखि गर्दै आइरहेको बताउनुभएको थियो ।

उक्त शिविरमा बढी जसो हाडजोर्नीको समस्या भएको , ग्यास्ट्रीक , ब्लड प्रेसर, छालारोग , बालबालिका छालासम्बन्धी रोगहरूका बिरामी देखा परेका थिए । भिडियो सेक्सरे लगातका विरामीहरुलाई रोल्पा अस्पतालबाट नै नि:शुल्क सेवा दिने अचार्याले बताउनुभएको थियो ।

Facebook Comments