• २६ मंसिर २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
यातायात व्यवसायी र मजदुरका लागि एकदिने नि:शुल्क स्वास्थ्य परिक्षण




घोराही । दाङको घोराहीमा यातायात व्यवसायी र मजदुरका लागि एक दिने नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । त्रिशिद्देश्वरी राप्ती यातायात सेवाप्रालिको आयोजनामा शनिबार घोराहीको बसपार्कमा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्राबिधिक सहयोगमा सम्पन्न भएको शिविरमा करिव तीनसय पचास जनाले स्वास्थ्य चेकजाँच गराएका थिए ।

शिविरमा सुगर,प्रेसर र थाईराईटका बिरामिहरु धेरै देखिएका थिए। त्रिशिद्देश्वरि राप्ति यातायात सेवाप्रालिका संरक्षक भरत नाथ योगिको अध्यक्षता एवम दाङ जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरिक्षक किरण प्रकाश मल्लको प्रमुख आतिथ्यतामा भएको उदघाटन कार्यक्रममा कार्यक्रम सयोजक प्रकाश भट्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका स्वास्थ्यकर्मीहरू डाक्टर नबिन बिक्रम पाण्डे, डाक्टर हेमन्त थापा,शाखा अधिकृत रमिता गौतम, नर्स श्रीया दाहाल, स्वास्थ्य महाशाखा प्रमुख राधा पौडेल लगायतले सेवा प्रदान गरेका थिए।

Facebook Comments