• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देशलाई सैन्य अखाडा बनाउने अमेरिकी सपना पूरा हुन दिदैनौँ : विप्लव




धनगढी । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सिले देशलाई सैन्य अखाडा बनाउने अमेरिकी सपना पूरा हुन नदिने बताएका छन् । शनिबार धनगढीको खुला मञ्चमा अयोजित युवा संगठन नेपालको पाँचौ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।

महासचिव विप्लवले एमसीसीमार्फत नेपाल पसेको अमेरिकाले एमसीएमार्फत नेपालमा सैन्य अखाडा बनाउने सपना नेपाल कम्युनिस्ट पार्टी रहुन्जेल पूरा हुन नदिने बताए । उनले ईष्ट ईण्डीया कम्पनीमार्फत ब्यापार गर्ने उदेश्य बोकेर आएको अंग्रेजले भारतमा लामो समय शासन गरेको बताउँदै देशको राष्ट्रियता र स्वाधीनतामा कसैले आँच पु¥याउने दुसाहास गरे ३ करोड जनताले हतीयार उठाउन बाध्य हुने र त्यसकोे नेतृत्व नेकपाले गर्ने बताए ।

हामीलाई हतीयार उठाउने आरोप लागेको छ । तर हामी गर्वका साथ भन्छौ, राष्ट्रियताका सवालमा हामी लुकेर नभई खुल्ला रुपमा जनताकासाथ हतीयार उठाएर देशको रक्षा गर्ने छौ । देशको स्वाधीनताको लागी नेपाली युवाहरुले जइान दिन पनि तयार हुनु पर्छ उनले भने । जनताले ल्याएको लोकतान्त्रीक गणतन्त्र जनताको गणतन्त्र हुन नसकेको बताउदै महासचिव विप्लवले जनताले दुख पाएको बताए । उनले व्यवस्था नफेरी अवस्था नफेरीने बताउदै खोट व्यवस्थामै भएकाले व्यवस्था फेर्नुपर्ने बताए । उनले सबैले समाजबादको कुरा गरिरहेको अवस्थामा व्यवस्था ठीक छ अवस्था बदल्नु पर्छ भन्ने रवी लामीछानेले पनि समाजबादको कुरा उठाउन थालेको बताए ।

महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टीले नेपाली विशेषताको समाजबादको परिकल्पना गरेको बताउदै समाजबाद प्राप्तीका लागि राष्ट्रबादी देशभक्तहरु एकजुट हुनुपर्ने बताए । उनले नेपाली काग्रेसले पनि विपीको समाजबादका विषयमा पार्टीभित्र छलफल चलाउनु पर्ने बताए । साम्राज्यबादी साङलोले समाजबादलाई बाधेर राखेको बताउदै महासचिव विप्लवले नेपाली विशेषताको समाजवादका लागि एक पटक मौका दिनुपर्ने बताए । हामी सहिद परिवारसँगै रोएका छौं, सुकुम्बासीको अगेनामा बसेर उनीहरुका दु:ख नजिकबाट देखेका छौ, सहिदसंगै लड्दालड्दै ज्यान गुमाएको देखेका छौ त्यसैले हामी परिबर्तनको पक्षमा छौं, देशको पक्षमा छौं, राष्ट्रियताको पक्षमा छौं उनले भने । महासचिव विप्लवले नेपाल प्रश्नै प्रश्नको घेरामा उभिएको बताउदै कोही खुसी नभएको बताए । कैलाली जिल्ला देशको आमुल परिबर्तनका लागी ज्यान गुमाउने सहिदहरु जन्माउने जिल्ला भएको बताउदै उनले जनयुद्धमा भागेका भगौडाहरुले तर्साउदैमा कोही नडराउने बताए । जनताका बैरीहरुले टाउको उठाउने कोशीस गरि रहेको बताउदै उनले समाजबादी मोर्चाको गठनले उनीहरुको निद हराम भएको बताए । समाजबादी कम्युनिष्टहरुलाई एक हुन नदिन एक अर्काको कुरा काट्दै हिडेको बताए । हामीलाई प्रचण्डसंग लागेर नविग्रन भन्दै छन, प्रचण्डलाई हामीसंग नलाग्न भन्दैछन, हामीलाई टुक्तयाउने र कमजो बनाउने षडयन्त्र हुदैछ, हामी सबै कम्युनिष्टशहरु मात्र नभई देश भक्तहरु एकजुट हुन जरुरी छ उनले भने ।

महासचिव विप्लवले निरासा सबै भन्दा ठुलो सत्रु भएको बताउदै युवाहरुले निराशा विरुद्ध खुकुरीको धार बनेर स्पात बन्नु पर्ने बताए । महासचिव विप्लवले २ सय ५० बर्ष शासन चलाई सकेको राजतन्त्र फर्केर नआउने बताउदै ब्याबश्था परिबर्तनका लागी संसदीय व्यवस्था कि समाजबाद भन्ने विषयमा जनमत संग्रह गर्न सकिने बताए । उनले एक पटक नेकपालाई मौका दिनुपर्ने बताउदै किनेर पाउने भोटको औचित्य नभएको बताए ।

त्यसैगरी पार्टीका स्थायी समिति सदस्य शिलु सिले समाजबाद प्राप्तीका लागी युवाहरुको महत्वपूर्ण भूमिका भएको बताउदै विदेशिदै गएका युवाहरुलाई नेपालमा रोक्न पनि समाजवाद आवश्यक भएको बताइन्। उनले अहिलेसम्म नेताहरुको मात्र विकास भएको बताउदै जनताको विकास अझै हुन नसकेकाले जनताको जीवनमा परिबर्तन ल्याउन समाजवाद अपरिहार्य भएको बताइन् ।
विदेशीको पञ्जाबाट देशलाई मुक्त बनाउन युवाहरु ज्यान दिन पनि तयार हुनु पर्ने बताउदै उनले युवाहरुलाई नेपालमा रोक्न सके सुन फलाउन सकिने उनको भनाइ छ ।

युवा संगठन नेपालको पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य पाटन जंगलीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा सामना परिवारका कलाकारहरुले जनबादी गीत संगीत मार्फत उर्जा थप्ने काम गरेका थिए भने विभिन्न झाकीहरु समेत प्रस्तुत गरिएको थियो ।

Facebook Comments