• १२ मंसिर २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यी ठाउँमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना




काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको  छ। जसको प्रभावले हाल कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ।

गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी प्रदेशका साथै मधेस, बागमती, गण्डकी  तथा लुम्बिनी  प्रदेशको पूर्वी भूभाग र  तराईका केही स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Facebook Comments