• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा महरा नियुक्त




घोराही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश सभामा रहेका ५ दलका ४७ र १ स्वतन्त्र सांसदसहित ४८ सांसदहरूको समर्थनमा महरा पाँचौ मुख्यमन्त्रीका रुपमा नियुक्त भएका हुन् ।लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले दलहरूको दावीलाई सदर गर्दै शुक्रबार नै महरालाई मुख्यमन्त्री नियुक्ति गरेका हुन् । तर शपथ भने आइतबार मात्रै गरिने भएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले महरालाई मुख्यमन्त्री नियुक्ति गरेको जनाएका छन् ।

एमालेका २९, माओवादीका १०, जसपाका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ गरी ४४ सांसदले महरालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दावी पेश गरेका थिए । त्यसको केही समय पछि नागरिक उन्मुक्ति पार्टीका ४ जनाले पनि महरालाई समर्थन रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए ।

 

Facebook Comments