• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्टेज क्वीन’भुमिकाको नयाँ वर्ष बेलायतमा




दाङ । ‘स्टेज क्वीन’को रुपमा आफूलाई स्थापित गर्न सफल गायिका भुमिका गिरी यतिबेला बेलायतमा रहेकी छिन् । नेपाली नयां वर्षका अवसरमा बेलायतमा तय भएका विभिन्न कार्यक्रममा प्रस्तुति दिन उनी गत साता लन्डन पुगेकी हुन ।

स्टेज व्यस्त गायिका मध्ये भुमिका स्वदेशका महोत्सवहरु कार्यक्रम सकेर नयाँ बर्षको अवसरमा बेलायतको विभिन्न सहरमा हुने करिव आधा दर्जन बढी सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिन लन्डन पुगेकी हुन ।

भूमिकाले रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटी (आरजीएनएस)ले अप्रिल ७ तारिख एसियन कम्युनिटी हल प्लमस्टिडमा आयोजना गरेको नयां वर्ष शुभकामना सांझमा त्यसैगरि, अप्रिल १३ तारिख बेजिङस्टोक नेपलिज कम्युनिटीले गर्ने समर पार्टी तथा नयां वर्ष २०८१ को शुभकामना कार्यक्रममा समेत उनको प्रस्तुति रहने छ।

भूमिकाले मिडल्याण्डको उल्भरहयाम्टनस्थित हाम्रो नेपाली समाजको आयोजनामा अप्रिल १५ तारिख सोमबार हुने नयां वर्ष कार्यक्रममा पनि सहभागि रहने छ । त्यस्तै, उनले ८ अप्रिलमा नेपाल स्कटल्याण्ड एशोसिएसनको कार्यक्रममा एडिनबरामा, १० अप्रिलमा कार्लाएल नेप्लिज कम्युनिटी वेल्सको कार्यक्रममा र १२ अप्रिलमा कोभेन्ट्री नेपाली समाजको नयाँ वर्ष कार्यक्रममा पनि प्रस्तुति दिने कार्यक्रम तय छ ।

नेपाली नयाँ वर्षका कार्यक्रम लगायत समरमा हुने कार्यक्रमको प्रस्ताव आएको भन्दै करिब ३ महिना बसाईमा समय मिले सम्मका कार्यक्रममा सहभागि हुने भुमिकाले बताईन् ।

Facebook Comments