• १२ मंसिर २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यालयमा स्थापना गरिएको पुस्तकालयकाे अवलोकन




तुल बहादुर कवँर मगर

देउखुरी । दाङको राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी र शिक्षा शाखा प्रमुख विश्वास विकले दुर्गा भवानी आधारभूत विद्यालय मसुरीयामा हालै स्थापना गरिएको पुस्तकालयकाे बिहीबार अवलोकन गर्नुभएको छ।

पुस्तकालयकाे स्थापना गरि विद्यार्थीहरूलाई सहजरूपमा विभिन्न प्रकारका पुस्तक अध्ययन सुविधा प्रदान गर्ने र उनीहरूकाे चाैतर्फी ज्ञानकाे विकास गर्ने उदेश्यले पुस्तकालय स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक सूर्यप्रकाश भण्डारीले बताउनुभयो ।

संघीय सरकारकाे चालु आर्थिक वर्ष २०८०/८१ काे सामुदायी विद्यालय तर्फ पुस्तकालय स्थापना तथा व्यवस्थापन कार्यक्रम अन्तर्गतकाे करिब ६ लाख ५० हजार रुपैयाँमा पुस्तकालय स्थापना गरिएको राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विकले जानकारी दिनुभयो ।

साे अवसरमा उपाध्यक्ष चाैधरीले विद्यालयकाे हालको शैक्षिक तथा भाैतिक अवस्थाकाे बारेमा जानकारी लिनु भएको थियोे ।

त्यस्तै शाखा प्रमुख विकले पुस्तकालयलाई आगामी दिनमा अझ व्यवस्थित गर्दै ई पुस्तकालयकाे रुपमा विकास गर्न आवश्यक रहेको बताउदै विज्ञान प्रयाेगशाला स्थापनाका लागि पनि पालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

पुस्तकालयमा नेपाली ,अङ्ग्रेजी शब्द काेष,कथा ,कविता ,निबन्ध लगायत विभिन्न ३ सय ७० प्रकारका २ हजार बढी पुस्तकहरु रहेको शिक्षक टाेमलाल गैरेले जानकारी दिनुभयो।

Facebook Comments