• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सर्वोच्च अदालतको फैसलाको स्वागतमा ट्रक समितिद्वारा दीप प्रज्वलन




दाङ ।राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समितिले सर्वोच्च अदालतले व्यवसायीहरुको पक्षमा गरेको फैसलाको स्वागत स्वरुप दीप प्रज्वलन गरेको छ । समितिको घोराहीमा रहेको कार्यालय परिसरमा दीप प्रज्वलन गरिएको हो ।

संस्था दर्ता ऐन २०३४ बमोजिम स्थापीत यातायात क्षेत्रसँग सम्बन्धीत संघसंस्था र समितिलाई खारेज गर्ने निर्णय विरुद्ध नेपाल ट्रक व्यवसायी महासंघले मन्त्री परिषद्को निर्णय विरुद्ध उक्त रिट खारेज गरिपाउँ भनि सर्वोच्च अदालतमा पेश गरेको निवेदनमा चैत २० गते न्यायधीशहरु सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त ईजलासले फैसला गर्दै महासंघको मागदाबी पुरा भएकाले सर्वोच्च अदालतको फैसलाको स्वागत स्वरुप दीप प्रज्वलन गरिएको राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समितिका अध्यक्ष उमेशचन्द्र मज्गैयाले जानकारी दिनुभयो ।

दाङ लगायत देशैभरिका ट्रक व्यवसायी समितिहरुले फैसलाको स्वागतमा दीप प्रज्वलन गरेको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments