• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जन्मभूमिका भाेगाइहरू मुक्तक सङ्ग्रह बिमाेचन




निराजन सिर्पाली
रुकुम पूर्व । साहित्यकार कमान सिंह विष्टकाे जन्मभूमिका भाेगाइहरू मुक्तकसङ्ग्रह बिमाेचन गरिएको छ । बिहीबार चैत्र २२ गते राप्ती साहित्यकार परिषद् जिल्ला शाखा रुकुम पूर्वको तेस्रो जिल्ला अधिवेशन कार्यक्रमकाे अवसर पारि विष्टकाे जन्मभूमिका भाेगाइहरू मुक्तकसङ्ग्रह बिमाेचन गरिएको हाे ।

उक्त मुक्तक संग्रह प्रकाशन राप्ती साहित्य परिषद् दाङले गरेको छ भने कमान सिंह विष्टको याे मुक्तकसंग्रह प्रथम संस्करण हाे । त्यस्तै मुक्तकसंग्रहकाे आवरण कला डाक्टर खेमराज मल्लले गर्नुभएको छ भने । मुक्तकसंग्रह काे डिजाइन दिलिप पुन मगर र प्रभा चौधरीले गर्नुभएको छ ।

जन्मभूमिका भाेगाइहरू मुक्तकसङ्ग्रहमा रुकुम पूर्वकाे चिनारी समाज र राजनिती आदि जस्ता विषयवस्तुलाई चर्चा परिचर्चा गरिएको छ ।

पिता खिम बहादुर विष्ट र माता खिमसरी देवी विष्टको काेख बाट वि.सं. २०३१ मङ्सिर १ गते भूमे गाउँपालिका – ९ रुकुम पूर्वमा जन्मनुभएका कमान सिंह विष्ट अहिले नेपाल राष्ट्रिय मावि चुन्वाङ, रुकुम पूर्वमा शिक्षण पेशामा आवद्ध हुनुहुन्छ भने उहाले नेपालीमा एम.एड पनि गर्नुभएको छ । विष्ट राप्ती साहित्यकार परिषद् जिल्ला शाखा रुकुम पूर्वकाे संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।

जन्मभूमिका भाेगाइहरू मुक्तकसङ्ग्रह पुस्तककाे समिक्षा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वका सल्लाहकार तथा खलंगा बहुमुखी क्याम्पसका उपप्राध्यापक मुकुन्द शर्माले गर्नुभएको थियो भने मुक्तकसंग्रहकाे बिमाेचन जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठ, उप प्रमुख महाेन केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, भूमे गाउँपालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठ राप्ती साहित्य परिषद् रुकुम पश्चिमका अध्यक्ष मनलाल ओली लगायतका अतिथिहरुकाे उपस्थितिमा गरिएको थियो ।

Facebook Comments