• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा चैते धान खेती गर्ने क्षेत्रफल बढ्यो




दाङ । दाङमा यस वर्ष २ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने भएको छ । कृषि ज्ञान केन्द्र दाङका अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार जिल्लाको दश स्थानीय तह मध्य पाँच वटा पालिकामा चैते धान खेती हुन लागेको हो । विगतका वर्षहरुमा अझै यस वर्ष पनि लमही नगरपालिका, राप्ती, गढवा, राजपुर र बंगलाचुली गाउँपालिकामा चैते धान खेती गर्न लागेको उनको भनाइ छ ।

त्यस्तै गत वर्ष १ सय ९८ हेक्टर क्षेत्रफलमा चैते धान रोपेकोमा यस वर्ष दुई प्रतिशतले वृद्धि भएर दुई सय हेक्टर क्षेत्रफल भएको उनले बताए । जिल्लाका किसानहरु चैते धान खेतीप्रति आकर्षित भएता पनि सिंचाईको अभावका कारण किसानहरु चैते खेती गर्नबाट वञ्चित छन् ।

‘अहिले किसानहरु हिउँदेबाली भित्र्याउनमा व्यस्त छन् । हिउँदेवाली भित्र्याइसकेपछि मात्रै चैते धान रोप्ने गरेका छन् । चैते धान चैत महिनाको अन्तिम साताबाट रोपिने भएकोले किसानले धानको व्याड भने तयारी अवस्थामा राखेका छन् । हिउँदेवाली भित्र्याएर सक्ने वित्तिकै धान रोप्न सुरु गर्छन्´ उनले भने ।’

अर्थविज्ञ लामिछानेका अनुुसार चैते धानको रुपमा जिल्लामा बढी जसोले चैते–५ खेती हुने गरेको छ । त्यस्तै उनले जिल्लाको माटोको हिसाबले चैते धानको रुपमा हर्दिनआठ, बिन्देश्वरी लगायत अन्य जातका धानहरु पनि लगाउन सकिन्छ ।

त्यस्तै उनले घोराही उपमहानगरपालिकाका केही स्थान जहाँ सिचाँइको सुविधा छ, त्यहाँ पनि चैते धान खेती हुने गरेको बताए ।

Facebook Comments