• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बक्तित्वकला प्रतियोगिता हुँदै 




दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको ५४ औं  स्थापना दिवसको अवसरमा बक्तित्वकला प्रतियोगिता भोलि अर्थात् बिहीबार हुने भएको छ ।

दाङको समृद्धि र विकासको लागि दाङ उद्योग बाणिज्य संघको भूमिका शीर्षकमा बक्तित्वकला प्रतियोगिता हुने प्रतियोगिता आयोजक समितिका संयोजक युवराज पोख्रेलले जानकारी दिएका छन्  ।

बिहीबार दिउँसो ३ बजे संघको कार्यालयको हुने प्रतियोगिता दाङ जिल्ला उद्योग बाणिज्य संघमा आबद्ध सदस्यहरुलाई भाग लिन  संयोजक पोख्रेलले आग्रह गरेका छन् ।
संघको  स्थापनाको दिवसको अवसरमा फुटबल प्रतियोगिता, स्लो मोटर साइकल , हाजिरी जवाफ , कुर्सी दौड, रक्तदान, बोरा दौड, व्याडमिटन प्रतियोगिता सम्पन्न गरी सकेको छ ।

चैत २४ गते शनिबार सम्पूर्ण प्रतियोगिताको पुरस्कर वितरण तथा सम्मान कार्यक्रम गरी ५४ औं स्थापना दिवस समापन हुने दाङ जिल्ला उद्योग बाणिज्य संघका सचिव विकास वलीले जानकारी  दिएका छन् ।

Facebook Comments