• १२ मंसिर २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा यात्रुबाहक बस दुर्घटना




लमही । देउखुरीमा यात्रुबाहक बस दुर्घटना हुँदा दर्जन बढी यात्रु घाइते भएका छन् । लमही नगरपालिका -३ वनगाउँमा दुईवटा बस एक आपसमा ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

बुटवलबाट सुर्खेतका लागि गुडेको लु१ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको यात्रु बस एक आपसमा ठोकिएका थिए । दुर्घटना दुबै बसमा सवार रहेका केही यात्रु गम्भीर घाइते र केही यात्रु समान्य घाइते रहेको प्रहरीले बताएको छ ।

सामान्य घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाउने तयारी भैरहेको छ । अस्पतालमा अहिले लमही नगरपालिका-४ का वडा अध्यक्ष सुवास न्यौपाने र वडा नम्बर ८ का वडा अध्यक्ष उमेश कुमार खड्का पुगेर घाइतेहरुको अवस्था बुझ्दै उपचारमा सहयोग स्वास्थ्यकर्मीलाई आग्रह गर्नु भएको छ ।

घाइतेहरुको विवरण आउँन बाँकी छ ।

 

Facebook Comments