राेल्पा । रून्टीगढी गाउँपालिका -९ चिन्नेपानीका आगलागी पीडित परिबारलाई राहत सामग्री हस्तान्त्रण गरिएकाे छ । रुन्टीगढी गाउँपालिका, गोल परियोजना र रेडक्रस सोसाइटी उपशाखा होलेरीले संयुक्त रुपमा आइतबार आगलागी पीडित खिमाकुमारी भण्डारीको परिवालाई राहत सामग्री हस्तान्तरण गरेको हो ।
चैत १७ गते स्थानीय खिम कुमारी भण्डारीकाे घरमा आगलागी हुँदा घरमा भएकाे धनमाल तथा घर पूर्ण रुपमा जलेर नष्ट भएकाे हाे । तर मानवीय क्षति भने नभएकाे परिवार स्राेत जनाएकाे छ । प
बच्चाबच्ची खेल्ने क्रममा आगाे लागि भएकाे पनि परिवारले बताएकाे छ । घरमा आगलागी भएपछि अहिले परिवारहरु आफन्तकाे घरमा बस्दै आएका छन् । आगलागी शनिबार विदाकाे दिन परेकाे हुँदा राहत स्वरुप सहयाेग केहि ढिलाे भइ आइतबार बिहान पुर्याएकाे थियाे । रुन्टीगढी गाउँपालिका, गाेल परियाेजना र नेपाल रेडक्रस साेसाइटी उप शाखा हाेलेरीकाे संयूक्त प्रयासमा राहत सामग्री जुट्ययार पीडित परिवारलाइ हस्तान्त्रणा गरिएकाे हाे ।
रून्टीगढी गाउँपालिकाबाट खाद्यान्नकाे सामग्री गाेल परियाेजना र नेपाल रेडक्रस साेसाइटी उप शाखा हाेलेरीद्वारा अखाद्य भाडाकुडी लत्ता कपडा लगाएतका सामग्री उपल्बध गराएकाे हाे । वडा नं. ९ का अध्यक्ष चेतलाल खत्रीकाे सहजीकरणमा राहत वितरण भएका हाे ।
राहत वितरणमा रून्टीगढी गाउँपालिका उपाध्यक्ष सरिता केसी, गाेल परियाेजना रून्टीगढी गाउँपालिका कार्यक्रम संयाेजक बसुदेव पाेख्रेल ,नेपाल रेडक्रस साेसाइटी उप शाखा हाेलेरीका सभापति लक्षिराम थापाकाे सहभागिता रहेकाे थियाे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।