नारायणपुर । घोराही -१० नारायणपुरस्थित सिद्ध रत्ननाथ क्याम्पसका विद्यार्थीलाई स्वागत तथा विदाइ गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन सिद्ध रत्ननाथ क्याम्पसको आयोजना तथा बिएड तेस्रो वर्षका विद्यार्थीहरुको सहआयोजनामा शनिबार एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई स्वागत तथा विदाइ गरिएको हो ।
स्वतन्त्र विद्यार्थी युनियन सिद्ध रत्ननाथ क्याम्पसका स्ववियु सभापति मनोज पौडेलको अध्यक्षता एवं घोराही उपमहानगरपालिका -१० का वडाध्यक्ष दीपका पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि पाण्डेले विद्यार्थीमा शैक्षिक जागरुण पैदा हुनुपर्छ भन्ने उद्देश्यका स्ववियुको स्थापना भएको बताए ।
क्याम्पस सञ्चालन समितिका अध्यक्ष प्रेमबहादुर डाँगीले स्थानीयस्तरका विद्यार्थीहरुको सहजका लागि २०६९ सालमा क्याम्पस स्थापना भएको बताए । यस क्याम्पसले शैक्षिक क्षेत्रमा राम्रो प्रगति गर्न सफल भएको समेत उनको जोड थियो ।
क्याम्पस प्रमुख दीपक लामिछानेले स्ववियु गठन भएसँगै पहिलो पटक औपचारिक कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गरे । उनले क्याम्पस स्थापना भएदेखि नै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताए । टियुले लिने वार्षिक परीक्षामा यस क्याम्पसले जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेको उनको भनाइ छ । क्याम्पसमा ३ सय ५८ जना विद्यार्थीहरु अध्ययनरत भएको जानकारी दिँदै विद्यार्थीको उज्ज्वल भविष्यका लागि क्याम्पसले गर्नुपर्ने साथ र सहयोग सदैव रहने भन्दै अहिले क्याम्पसमा विविएस र विएडको प्रथम वर्षमा भर्ना चलिरहेको क्याम्पस प्रमुख लामिछानेले बताए ।
क्याम्पस सहायक प्रमुख दामोदर गिरीले यो सामुदायिक क्याम्पसले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै एउटा शैक्षिक हवको रुपमा स्थापित हुँदै गएको बताए । उनले क्याम्पसबाट शिक्षामात्र प्रदान नभएर आम विद्यार्थीका प्रतिभाहरुलाई बाहिर ल्याउने माध्यम पनि भएको कुरामा जोड दिए । क्याम्पस स्थापना कालदेखि नै विद्यार्थीहरुलाई गुणस्तररीयसँगै व्यवहारिक शिक्षा दिनमा क्याम्पस सफल भएको भन्दै थप शैक्षिक उन्नयनका दीर्घकालीन योजनासहित अगाडि बढ्ने उनको भनाइ छ ।
त्यस्तै प्राध्यापक अभिभावक संघका वसन्त श्रेष्ठले यो स्ववियुले पहिले चरण गरेको कार्यक्रम निकै प्रभावकारी भएको कुरामा जोड दिँदै क्याम्पसले शैक्षिक गुणस्तरमा खेलको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
यही चैत ८-१० गतेसम्म घोराहीमा भएको जिल्लास्तरीय स्ववियु कप भलिबल प्रतियोगितामा स्ववियु सिद्ध रत्ननाथ क्याम्पस नारायणपुर प्रथम भएको थियो । सोही प्रतियोगितामा प्राप्त गरेको शिल्डलाई स्ववियुले क्याम्पसलाई हस्तान्तरण गरेको थियो । त्यस्तै स्ववियुले प्रतियोगितामा टिम प्रशिक्षकको भूमिका निर्वाह गर्ने भरत वलीलाई सम्मान पत्रले सम्मान गरेको हो ।
कार्यक्रममा बिबिएस र बिएड प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई खादा र टीका लगाएर स्वागत गरिएको थियो भने क्याम्पसमा अध्ययनरत चौथो वर्षका विद्यार्थीहरुलाई विदाइ गरिएको थियो ।
कार्यक्रममा स्ववियु टिमले स्वागत गीत प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रमलाई सव्य, भव्य र रमणीय बनाउनका लागि विद्यार्थीहरुले एकल तथा सामूहिक विभिन्न संस्कृति झल्किने खालका नृत्य प्रस्तुत गरेका थिए ।
विविन्न प्रतियोगिता सम्पन्न :
स्ववियुको योजनामा भएको विद्यार्थी स्वागत तथा विदाइ कार्यक्रममा एकल नृत्य, कुर्सीडौड र घैटाफोर प्रतियोगिताहरु सम्पन्न छन् । एकल नृत्य प्रतियोगितामा क्याम्पस अध्ययनरत छात्रा इशा चौधरी प्रथम भएकी छन्, भने छात्रा अमृता केसी द्वितीय र छात्रा चन्द्रमाया बुढा तृतीय भएका हुन् ।
त्यसैगरी कुर्सीडौड प्रतियोगितामा प्रथम गंगा वली प्रथम भएकी छन्, भने छात्र जिसन डिसी द्वितीय र छात्रा सन्ध्या केसी तृतीय भएका हुन् ।
त्यस्तै घौटाफोर प्रतियोगितामा क्याम्पसमा अध्ययनरत छात्र सन्देश थापा मगर प्रथम भएका छन्, छात्रा पुष्पा चौधरी द्वितीय र छात्र राजु चौधरी तृतीय भएका हुन् ।
स्ववियु सदस्य ग्रीष्मा बिसीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण क्याम्पसका छात्रा गंगा महरा र काजल पुनले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।