• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रथम घोराही गोल्डकप फुटबलको उपाधी घोराहीले जित्यो




घोराही । प्रथम घोराही गोल्ड कप फुटबल प्रतियोगिताको उपाधी घोराही उपमहानगरपालिकाले जितेको छ । घोराही उपमहानगरपालिकाले यस बर्षदेखि आयोजना गरेको उक्त प्रतियोगिताको फाईनल खेलमा लमही नगरपालिकालाई पराजित गर्दै घोराही उपमहानगरपालिकाले गोल्डकपको उपाधी जितेको हो ।

घोराही १८ नवलपुर खेल मैदानमा शनिबार भएको अन्तिम खेलमा ९० मिनेटको अबधिमा समान २-२ गोल गरेपछि पेनाल्टी सुटआउटमा घोराहीले लमहीलाई ४—२ ले पराजित गर्दै प्रथम पुरस्कार नगद एकलाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी, लमहीले उपविजेता बन्दै नगद ८० हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

बिजेता तथा उपविजेताहरुलाई नगर प्रमुख नरुलाल चौधरीले पुरस्कार प्रदान गर्नुभयो । घोराही उपमहानगरपालिका नगर स्तरीय खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनको अध्यक्षतामा भएको समापन कार्यक्रममा घोराहीका विकेश चौधरी म्यान अफ द म्याच, घोराहीकै उत्कृष्ट खेलाडी दिपेश पुन, उत्कृष्ट किपर भिम पुन, लमहीका सुमित थारु उत्कृष्ट मिड खेलाडी, सर्वाधिक गोलकर्ता घोराहीका कमल विक, उत्कृष्ट डिफेन्स लमहीका सोम चौधरी, उत्कृष्ट फरवार्डकर्ता घोराहीका सागरकुमाल थारुलाई घोषित गर्दै पुरस्कार प्रदान गरिएको छ ।

रेफ्रिहरु गोपाल कुँवर, कमलबहादुर पुन, सुरज चौधरी, शरद भण्डारी र प्रयाप्त चौधरीलाई समेत प्रमाणपत्र प्रदान गरिएको छ । टिम म्यानेजरहरु घोराहीका प्रविण पुन र लमहीका खगेन्द्र चौधरीलाई पनि प्रमाणपत्र प्रदान गरियो ।

स्वयसेवककारुपमा खट्नुहुने रमेश घर्ती, रुद्रबहादुर घर्ती र हिमाल ज्ञवालीलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा घोराही, तुलसीपुर, लमही, बबई, शान्तिनगर, दंगिशरण, राप्ती गरि ७ वटा पालिका सहभागि भएका थिए ।

Facebook Comments