• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
फुटबल प्रतियोगिताको उपाधि होटल व्यवसायीलाई




दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको ५४ औं  स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि दाङ देउखुरी होटेल व्यवसायी समितिलाइ  ।

सनिवार  बिहान घोराहीको भरतपुर खेल मैदानमा भएकको फाइनल खेलमा दाङ देउखुरी होटेल व्यवसायीले मोबाइल तथा इलेक्ट्रोनिक  व्यवसायीलाइ २-० को गोलले जित निकाल्दै दाङ देउखुरी होटेल व्यवसायीले उपाधी उचालेको हो ।

निकै  नै प्रतिस्पर्धात्मक भएको पहिलो हाप गोल रहित बराबर खेलको खेलमा दोस्रो हाफमा २ गोल भएको थियो ।  जस्मा दाङ देउखुरी होटेल व्यवसायी समितिका खेलाडी बिलाश श्रेष्ठ र मनकाजी बुढा मगरले समान १-१ गोल गरेका थिय ।

स्थापना दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगिता अन्तर्गत , स्लो बाइक रेसमा मिनराज महरा प्रथम,  भिमसेन डिसि द्वितीय भएका छन । त्यसैगरी कुर्सी दौडमा प्रथममा उमेश पन्त र द्वितीय राजेन्द्र श्रेष्ठ र बोरा दौडमा प्रथम  गणेश पाण्डे  द्वितीयमा उमेश पन्त, ५०० मिटर दौडमा प्रथम गनेश चौधरी र  द्वितीयमा  मनकरन केसी भएको दाङ जिल्ला उद्योग बाणिज्य संघका सह कोषाध्यक्ष माधब खनालले जानकारी दिनु भएको छ ।

भोलि आइतबार  बिहान  ६ बजे व्याडमिटन प्रतियोगिता हुने र चैत २४ गते सनिवार सम्पुर्ण प्रतियोगिताको पुरस्कर वितरण तथा सम्मान कार्यक्रम गरि ५४ औं स्थापना दिवस समापन हुने दाङ जिल्ला उद्योग बाणिज्य संघका सचिव विकास वलीले जानकारी  दिनु भयो

 

Facebook Comments