• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
क्यान्सर पीडितद्वारा सहयोगको अपिल




दाङ । स्तन क्यान्सर पीडित दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १६का  ३५ वर्षीया राधा बिकले उपचारका लागि सहयोगको अपिल गरेकी छिन् । परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएको र उपचार अभावमा मर्नुपर्ने अवस्था आएको भन्दै सहयोगका लागि उनले अपिल गरेकी हुन् ।

उनको परिवारमा श्रीमान् विशम विक पनि विगत ३ बर्ष देखी प्यारालाईसको समस्या रहेको छ  । यारालाईस भएको कारणले श्रीमानको आम्दानीको स्रोत छैन । सम्पतीको नाममा घोराही १६ डाँफे टोल भन्ने ठाउँमा घर बास मात्र रहेको छ  । विपन्न विक परिवारमा यति ठूलो विपत्ति आएपछि उनीहरू चिन्तित बनेका छन् । राधाको स्तनमा लामो समयदेखि सानो गाँठो थियो । उनका अनुसार सोही गाठो क्रमशः बढ्दै गएको र पीडा हुन थालेपछि स्वास्थ्य संस्थामा जाँच गरेका थिए । स्वास्थ्यकर्मीले सो गाँठोका कारण स्तनमा क्यान्सर भएको हुन सक्ने भन्दै चितवन जान सुझाएका थिए ।  चितवन स्थित भक्तपुरस्थित क्यान्सर अस्पताल भर्ना गरेको पछि क्यान्सर पुष्टि भएको बताए ।
डाक्टरले १७ वटा केमु चढाउन पर्छ भनेका छन र  अहिले सम्म ७ वटा केमु चढाई सकेको र एक चोटी केमु चडउदा ६० हजार देखी माथि खर्च हुने स्तन क्यान्सर पिडित विकले भनिन् ।

‘अहिलेसम्म उपचारमा ७ लाख रुपैयाँ खर्च भइसकेको छ, थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिनु हुन अनुरोध छ’, क्यान्सर पिडितका  छोरा सुशिल बिकले एनसिसि बैंकमा पिडित राधा विकको नाममा रहेको खाता नम्बर ११५००००००६०१० सहयोगका लागि सबैसँग आग्रह गरेका छन ।

पिडित राधाको नम्बर ९८४७८७०९९५ र छोरा सुशिलको ९८४७७०५०९६ मा सम्पर्क गरि सहयोेग गर्न सक्ने सकिने छ ।

Facebook Comments