• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पद्योदय क्याम्पसमा स्ववियुको ज्ञापनपत्र, पाँचको अल्टिमेटम




दाङ । पद्योदय क्याम्पस घोराहीमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) ६ बुँदे ज्ञापनपत्र बुुझाएको छ ।

स्ववियू सभापति विष्णु गोराथोकी र सहसचिव संगीता चौधरीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा पाँच दिनभित्र लिखित सुनुवाई नभए स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) क्याम्पसमा हुने कुनै पनि कार्यक्रम तथा क्रियाकलाप नहुने जानकारी चेतावनी दिइएको छ ।
यस्ता छन्, स्ववियूका मागहरुः
१. सामुदायिक क्याम्पसको हकमा बिद्यार्थी भर्ना शुल्क बढि भएको भन्ने गुनासोलाई ध्यानमा राखि शुल्क कम गर्नुपर्ने ।
२. क्याम्पस आफैंमा पबित्र मन्दिर हो, यसको अस्तित्व जोगाइराख्नु पर्ने हुन्छ, । क्याम्पस स्थापना कालदेखि अहिलेका मितिसम्म स्थापना दिवस (वार्षिकोत्सव) नमनाएकोमा यसै बर्ष मिति सार्वजनिक गरी कार्यक्रम आयोजना गर्न सुरु गर्नुपर्ने ।
३. विद्यार्थी परिचय पत्र बिद्यार्थी र क्याम्पसको गहना भएकको र यसले संस्थाको ख्याति र गौरवलाई बढाउने भएकाले न्यूनतम शुल्क निर्धारण गरि २०८१ सालदेखि अनिवार्य परिचयपत्रको व्यवस्था गर्नुपर्ने ।
४. बस भाडा महंगो भएको र सेवा नलिए पनि अनिवार्य मासिक शुल्क तिर्नुपर्ने नियम परिमार्जन गरि भाडा घटाउनुपर्ने र सेवा सुरु गरेको दिनबाट मात्रै शुल्क लिनुपर्ने ।
५.शिक्षाका लागि खेलकुद अत्यावश्यक पुर्वाधार हो । त्यसैले क्याम्पस खेल मैदानको प्रयाप्तता हेरी पहिले नै माग भएअनुसार सम्पूर्ण खेलकुद सामग्री उपलब्ध गराउनुपर्ने ।
६. प्रचारप्रसार भए बमोजिम बिद्यार्थीले पुस्तक पाएका छैन र पुस्तकालयमा पर्याप्त पुस्तक छैनन् । यस बिषयमा पनि ध्यानाकर्षण गरि आवश्यक पुस्तक पुस्ताकालयबाटै उपलब्ध गराउनुपर्ने ।
उपरोक्त मागहरुमा पाँच दिनभित्र लिखित सुनुवाई नभए स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) क्याम्पसमा हुने कुनैपनि कार्यक्रम तथा क्रियाकलाप नहुने जानकारी पनि यसै मागपत्रमार्फत गराउन चाहन्छौं ।

Facebook Comments